१४ असार, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २८ हजार ८५९ पुगेको छ । भारतमा लगातार नवौं दिन कोरोनाका १४ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पनि १६ हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण १६ हजार ९५ जनाको मृत्यु भइसकेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ५९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सात हजार २७३ जनाको मृत्यु भइसकेको छ ।
१४ असार, काठमाडौं । नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ । अत्यावश्यक भएकाले ‘अपरेसनल भेइकल’ खरिद गर्न लागिएको जंगीअड्डाका सैन्य अधिकृतहरूको दाबी छ । सेनाले डबल क्याब पिकअप तराई र पहाडका लागि ५/५ वटा गरेर १० वटा खरिद गर्दैछ । सेनाले जम्मा ३० वटा पिकअप खरिद गर्नुपर्ने माग गरेको थियो । सेनाले ‘सी’ क्याटेगोरीको एम्बुलेन्स पनि एउटा खरिद गर्दैछ । सेनाले एम्बुलेन्स ५ वटा माग गरेको थियो ।
१४ असार, काठमाडौं । भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग समन्वय गर्ने भएको छ । कृषि मन्त्रालयमा आइतबार विज्ञहरुसँगको छलफलपछि कृषिमन्त्री घनश्याम भुसालले यो जानकारी दिएका हुन् । विज्ञहरुले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो मुभमेन्ट हुने देखिएको जानकारी गराएका थिए । विज्ञहरुको भनाइ सुनिसकेपछि मन्त्री भुसालले सलहको सो बथान नेपाल आउँछ कि आउँदैन भनेर भारतको कृषि मन्त्रालयका अधिकारीहरु र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरुसँग समन्वय गरेर ट्र्याकिङ गर्ने बताए ।
अमेरिकी कम्पनी माइक्रोसफ्टले विश्वभर रहेका आफ्ना ८३ वटा रिटेल स्टोरहरु सधैका
लागि बन्द गर्ने घोषणा गरेको छ ।
माइक्रोसफ्टले एक विज्ञप्ति जारी गर्दै अबदेखि अनलाइन स्टोरमा ध्यान केन्द्रित
गर्ने जनाएको छ । यद्यपि, ठ्याक्कै कुन मितिदेखि रिटेल स्टोरहरु बन्द गर्ने भन्ने
चाहीँ माइक्रोसफ्टले खुलाएको छैन तथापि अबदेखि रिटेल स्टोरहरुमा पाइने सबै सामानहरु
अनलाइनबाटै उपलब्ध गराइनेछ ।
पुरा पढ्नुहोस् »
यो अवधिमा ११ वटा चाटर्ड उडान भएको र थप उडानको क्रम जारी रहेको भनिएको छ ।
दूतावासले जारी गरेको विज्ञप्ति अनुसार लामो समय समस्याग्रस्त भएर नेपाल फर्किन
चाहनेको संख्या उल्लेख्य छ । विज्ञप्तिमा भनिएको छ, ‘कतिपय स्वयम् दूतावासमा
उपस्थित भएर आफ्ना समस्या राख्ने गर्नु भएको छ, यसरी आउने नेपालीलाई हामीले
आवश्यक सहयोग उपलब्ध गराउनुका साथै यथार्थ सूचना र जानकारी उपलब्ध गराउने गरेका
छौं ।’
पुरा पढ्नुहोस् »