गैर आवासिय नेपाली संघ एनआरएनएको आर्थिक कोषले गत सात महिना यता आर्थिक मासिक बुलेटिन सार्वजनिक गर्दै आएको छ । एनसीसी अमेरिकाका निवर्तमान अध्यक्ष सुनिल शाह समेतका ३ कोषाध्यक्ष सहितको ११ सदस्सिय आर्थिक टिमले एनआरएनए भित्रका हरेक महिनाका आर्थिक गतिविधीको विवरण सार्वजनिकिरणको लक्ष्य राखेको हो ।
विगत ७ महिना देखी आर्थिक विवरण सार्वजनिक गर्दै आएको विभागले यस अवधारणालाई निरन्तरता दिने लक्ष्य राखेको छ ।
अमेरिकाबाट सुनिल शाह, बेल्जियमबाट लोक प्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्त कोषाध्यक्ष रहेको यस टिममा सह कोषाध्यक्षहरु बेलायत, जापान, अष्ट्रेलिया, कतार, न्यूजिल्याण्ड, साउथ कोरिया र आईरल्याण्डबाट रहेका छन् ।
त्यस्तै महिला सह कोषाध्यक्ष पदमा चाईनाबाट अमृता थापा र अमेरिकाबाट यमुना भट्टराई रहेका छन् ।
अहिले सम्म ७ अंक प्रकाशन गरिसकेको टिमले हरेक महिना प्रकाशन गर्ने पिडिएफ बुलेटिनमा बिभिन्न देशका एनसीसीको मासिक आर्थिक विवरण उल्लेख गरिने गरेको छ । अमेरिकाबाट प्रतिनिधित्व गर्दै कोषाध्यक्ष पदको जिम्मेवारीमा रहेका सुनिल शाहले संस्थागत आर्थिक पारदर्शिताका लागि यो अवधारणाले प्रभावकारी भुमिका निर्वाह गरिरहेको जानकारी दिँदै बुलेटिनको भोलुम ६ मा काठमाडौंमा सम्पन्न विश्व सम्मेलनको सम्पुर्णको आयवेय विवरण सार्वजनिक भएको जानकारी दिएका छन् ।
यूएस खबर टाईम्सकर्मी सुष्मा देवकोटासंगको कुराकानीका क्रममा कोषाध्यक्ष शाहले संघ भित्र सबैभन्दा शिर्ष विवादको विषय बनेको आर्थिक अपारदर्शितामाथीका प्रश्नहरुलाई संबोधन गर्नकै लागि मासिक विवरण सार्वजनिकिकरण सुरु गरिएको बताए ।
शाहले आफु अमेरिकाको प्रतिनिधित्व गर्दै यस कमिटीमा रहेकाले एनसीसी अमेरिकाको आय वेय विवरणलाई पनि सबै सदस्यमाझ राख्ने मौका मिलेको बताउँदै यस सुरुवातले भोलीका कार्यकालहरुमा पनि आर्थिक पारदर्शिताको संस्कारमा प्रभावकारी टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यसकै प्रकृया र अवधारणामा रहेर भोलुम ६ मा काठमाडौंमा सम्पन्न संघको अन्तराष्ट्रिय सम्मेलनमा कहाँ कति खर्च भयो आफुले संकलन गरेर ईमन्दारिताका साथ पेस गरेको बताएका शाहले यस प्रकारको कार्यले एनआरएनएको स्वच्छ छवि निर्माणमा पनि सहायक बन्न सक्ने धारणा राखेका छन् ।
शाहका अनुसार पदिय रुपमा आफु कोषाध्यक्ष रहेकाले यस विभागले आर्थिक संरक्षण, पारदर्शीता र एकतावद्धरुपमा बलियो बनाउनु आफ्नो कतव्र्य भएको बताए ।
संस्थाप्रतिको विश्वास कायम राख्ने पदाधिकारी स्वयंले सृजनात्मक अध्यासको सुरुवात गर्नुपर्ने महशुषका कारण सदस्यहरुको गुनासो सवाधानकै लागि यो कदम आवश्यक रहेको उल्लेख गर्दै शाहले आफु पदिय रुपमा जे रहेपनि सामान्य अभियन्ताकै हैसियतमा रहेको पनि बताए ।
अभियन्ता भएकाले पनि संस्थालाई कसरी अघि बढाउने, संस्था सवल बनाउने लगायतका महत्वपूर्ण दायित्वमा एजेन्टा रिसिर्भको भुमिकामा रहेका शाहले आफ्नो मुख्य भुमिका संस्थालाई पादरर्शी र सवल बनाएर लैजाने रहेको बताएका छन् ।