प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन न्यूयोर्कमा हुने भएको छ । आगामी सेप्टेम्बर १७ र १८ का बृहत सहभागिता सहित मञ्चको अधिवेशन न्यूर्योकमा हुने भएको हो ।
यस बिषयमा ‘प्रवासी नेपाली एकता मञ्च अमेरिका’को प्रचार प्रसार विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार २ दिने यस अधिवेशनका लागि संस्थाका अध्यक्ष टेक गुरुङ संयोजक रहने गरी मुल आयोजक कमिटी निर्माण भै सकेको छ । जस अन्तरगत विभिन्न विभागीय जिम्मेवारी समेत तोकिएको छ ।
नेपालका पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले जुम मार्फत उदघाटन गर्ने यस अधिवेशनमा अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधिहरुको सहभागिता रहने बताईएको छ । विविध सांस्कृतिक र रचनात्मक कार्यक्रम सहित सम्पन्न हुने यस अधिवेशनले संगठनिक एकता साथै सिंगो समाजमा थप सकारात्मक उर्जा र उत्साह थप्ने विश्वास मञ्चले लिएको छ ।
अधिवेशन सम्बन्धमा जारी विज्ञप्तीमा संस्था स्थापना, उदेश्य र महत्व साथै अमेरिका र मातृभूमि नेपालका नेपालीहरु समस्यामा पर्दा निर्वाह गरेका सामाजिक उत्तरदाहित्वबारे जानकारी दिंदै मातृभूमि नेपालको वृहत्तर हित र नेपालीहरुलाइ आवश्यक परेका बेला दिएको साथ र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै निरन्तर सामाजिक क्रियाशिलताका लागि समेत प्रतिवद्धता पनि व्यक्त गर्दै आएको छ ।
यस्तो छ जारी विज्ञप्तीको पूर्ण पाठ
न्यूयोर्क हुन गैरहेको प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन सम्बन्धमा ।
तपाईं हाम्रो प्यारो संस्था, ‘प्रवासी नेपाली एकता मञ्च अमेरिका’ लामो समय देखि समाजसेवामा क्रियाशील सामाजिक व्यक्तित्वहरुद्वारा निर्मित तथा संचालित अग्रणी संस्थाका रुपमा कार्यरत रहेको यहाँहरुलाई विदितै छ । दर्ताको हिसावले नयाँ भए पनि यो संस्था लामो इतिहासको निरन्तरताको उपज हो भन्ने पनि यहाँहरु सबैलाई जानकारी छ ।
हाम्रो संस्था अमेरिकाको संविधान तथा संघीय देखि आफुहरु भए रहेको राज्य समेतको प्रचलित ऐन नियम कानुन अनुसार दर्ता भै संचालित सामाजिक संस्थाका रुपमा क्रियाशिल संस्था भएको जानकारी पनि प्रवासमा रहनु हुने सम्पूर्ण आमाबुबा दिदी बहिनी, दाजु भाइ तथा पत्रकार साथीहरूमा स्मरण गराउन चाहन्छौं ।
संस्थामा आवद्ध प्रत्यक सदस्यहरु संस्थागत स्थापनाको उदेश्य र मान्यतामा दृढ रहँदै सदैव नेपाली—अमेरिकी समुदाय र अमेरिकी समाजको हितमा क्रियाशील रहँदै आउनु भएको छ । त्यसका साथै मातृभूमि नेपालको वृहत्तर हित र नेपालीहरुलाइ आवश्यक परेका बेला साथ र सहयोगमा हाम्रो संस्था सदैव प्रतिवद्ध रहँदै आएको छ ।
नेपालमा लोकतन्त्र स्थापना र त्यसको सन्धर्वका सवाल होस् वा मानव अधिकार रक्षाका सवालमा, हाम्रो संगठनले सदैव सहयोगी भूमिका निर्वाह गर्दै आएको छ र निरन्तर यस भूमिकाप्रति जिम्मेवार पनि रहँदै आएको छ । यहि मुल्य र मान्यता अनुसार लोकतन्त्र, शान्ति र सुशासनमा विश्वास राख्ने दलहरुप्रतिको हाम्रो शुभेच्छा पनि कायम छ ।
नेपाल र नेपालीको समस्यामा हाम्रो संस्था सदैव भर पर्दो साथी भएर अग्रपंतीमा उभिने गरेको यहाँहरलाई अवगत नै छ । अमेरिकामा रहेका नेपालीहरुलाइ भावनात्मक रुपमा जोड्दै तथा आपसी सुख दुखमा एक अर्काको सहयोगी रहँदै आएको संस्थाले नेपालमा भुकम्प,बाढी पहिरो देखि कोरोना कहरको समयमा गरेका सहयोगबारे पनि सर्व बिदितै छ ।
हाम्रा सबै काममा यहाँहरुको साथ, सहयोग र सदभाव रहेको तथ्यलाई हामी सम्मानका साथ स्मरण गर्दछौं र त्यसको लागि यहाँहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । यहाँहरुको माया र स्नेहले सदैव सफल रहँदै आएको हाम्रो संस्था अब आफ्नो अधिवेशन गर्ने र नयाँ नेतृत्व छनोटको पुर्व सन्ध्यामा पुगेको जानकारी दिन पाउँदा हामी गौरावान्वित छौं ।
अधिवेशन सम्पन्न गर्न सँस्थाका अध्यक्ष टेक गुरुङ संयोजक रहने गरी मुल आयोजक कमिटि निर्माण भै त्यस अन्तर्गत विभिन्न विभागीय जिम्मेवारी समेत तोकि सकिएकोबारे जानकारी गराउँदै यही सेप्टेम्बर १७–१८ मा न्युयोर्क राज्यमा हुन गंैरहेको संस्थाको अधिवेशनमा यहाँहरु सबैलाइ हार्दिकतापूर्वक निमन्त्रणा गर्न चाहन्छौं ।
सदा झैँ यहाँहरुबाट प्राप्त साथ र सहयोगले मात्रै हामीले यस पटक पनि हाम्रो अधिवेशनलाइ सफल पार्न सक्ने छौं । यस अधिवेशन पश्चात अमेरिकी नेपाली समाजको हितमा अझै धेरै योजना र कार्यक्रम लिएर हामी आउने छौं भन्ने जानकारी दिन चाहन्छौं ।
नेपालका पुर्व प्रधानमन्त्री श्रद्धय माधव कुमार नेपालले जुम मार्फत उदघाटन गर्नुहुने हाम्रो अधिवेशनमा अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधिहरुको सहभागिता रहने छ । विविध सांस्कृतिक र रचनात्मक कार्यक्रम सहित सम्पन्न हुने यस अधिवेशनले संगठनिक एकता साथै सिंगो समाजमा थप सकारात्मक उर्जा र उत्साह थप्ने विश्वास हामीले लिएका छौँ ।
पुन: एक पटक यहाँहरुको अमुल्य साथ र सहयोगको अपेक्षा सहित यहाँहरुले प्रदान गर्नुभएको विश्वास र हौसलाका लागि सम्पूर्णमा आभार सहित हार्दिक धन्यवाद प्रकट गर्दछौं ।
प्रचार प्रसार विभाग
प्रवासी नेपाली एकता मञ्च अमेरिका ।