गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भवन खरिद गर्नको लागि आह्वान गरिएको एक हप्तामा १ लाख ६४ हजार २ सय डलर सङ्कलन भएको छ । सेप्टेम्बर १५ बिहिबारका साँझ ५:३० सम्मको अध्यावधिक(अपडेट)मा यति रकम सङ्कलन भएको छ ।
अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा खरिद गरिन लागेको उक्त भवन अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै रहेको छ । साथै अमेरिकाको राजधानी नजिक भएको नाताले यस क्षेत्र बिश्व कै केन्द्र बिन्दु हो । यो क्षेत्र सबै कुराले सुबिधा सम्पन्न रहेको छ । साथै यो क्षेत्र निकै फराकिलो र फैलावट भएकोले अझ सुनमा सुगन्ध भएको छ ।
त्यति मात्र नभई अमेरिकाको सबै राज्यलाई जोड्ने र संसारभरि यस क्षेत्रबाट आवतजावत गर्न एकदमै पायक पर्ने क्षेत्रमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले भवन खरिद गर्न लागेकोले सबैमा अत्यन्तै सकारात्मक सन्देश गएको छ । सबैले भवन खरिद गर्ने सवालमा साथ दिने देखिएको छ ।
यस भवन मार्फत अभियानमा लागेका विभाजित मन तथा भावनालाई जोड्ने काम गर्ने कुरामा कुनै शंका अब रहेन । आफ्नै भवन खरिद गर्ने विषयलाई सार्वजनिक गरे पछि सहयोग गर्ने मन र धन भएका मनकारी र दानबीरहरुले गैर आवासीय नेपालीले हृदय खुलेर सहयोग निरन्तर गरि रहेका छन् । यो नै सबैको लागि हर्षको कुरा हो ।
आह्वान गरेको एक हप्तामै १ लाख ६४ हजार २ सय डलर संकलन भै सकेको छ भने सहयोग आउने क्रम जारी रहेको छ । हाल सम्म सँस्थाको आफ्नो स्थायी भवन ,ठेगाना,कक्ष र पत्रचार गर्ने स्थायी ठेगाना र भेटघाट गर्ने थलो समेत स्थायी रुपमा नभएको कारण संस्थाले बिभिन्न सँस्थाहरु ,अमेरिकी सरकारसँग लिनु पर्ने र माग्नु पर्ने थुप्रै कुराहरुबाट चुकेको छ ।
घर खरिद संगै स्थायी ठेगाना रहेमा संस्थाले आफ्ना महत्त्वाकांक्षी परियोजना ल्याई थुप्रै कामहरु अमेरिकी सरकारसंग पनि लिन सक्ने वातावरण बन्ने सम्भावना बढेर आएको छ ।
अमेरिकामा बस्ने सबै गैर आवसिय नेपालीहरु अत्यन्तै उत्साहित भएका छन् । समय अवधि भित्र एनआरएनए अमेरिकाको आफ्नै भवन हुने कुरामा कुनै शंका रहेन ।
यो लक्ष्यलाई पार लगाउन मेरिल्याण्ड निवासी तथा एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थको संयोजकत्वमा समिति बिस्तार समेत गरिएको छ । अहोरात्र सबैजना एकै लक्ष्यमा केन्द्रित रहेका छन् ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनसीसी) ले भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित 10520 Warwick Ave, Ste B6, Fairfax, VA 22030 मा भवन खरिद गर्न लागेको हो ।
भवन खरिद प्रक्रिया सुरु भैसकेको र यसलाई अक्टोबर ४, २०२२ भित्रमा सम्पन्न गरिसक्नु पर्ने छ । साथै संस्थाले सहयोग गर्न चाहनेको लागि आधिकारिक रुपमा पे-पाल निर्माण गरेको छ भने यस मार्फत घर खरिद गर्न सहयोग गर्न सकिने संस्थाका कोषाध्यक्ष राजिब श्रेष्ठले सबैलाई आह्वान गरेका छन ।
भवन खरिद आर्थिक समितिका संयोजक पन्थले अहिले सम्म सहयोग गर्ने सबैलाई बिशेष धन्यबाद दिएका छन् भने सबैको सहयोगको अपेक्षा समेत रहेको ईनेप्लिजलाई बताए । अब भवन खरिद संगै दोश्रो पुस्तालाई समेत जोड्न मद्धत पुग्ने भएकोले हर्ष लागेको पन्थले बताए ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका अध्यक्ष बुद्धि सागर सुबेदीले यो भवन खरिदले समुदायमा राम्रो सन्देश जाने कुरामा विश्वस्त हुदै सबैलाई सहयोगको लाई अनुरोध गरेका छन् ।
यदि कसैलाई आर्थिक सहयोग गर्ने इच्छा भएमा सहयोग रकम तल उल्लेख गरिएको बैकमा जम्मा गर्न सकिनेछ।
Bank Name:- Wells Fargo
Routing Number:- 5623718383
Account Number:- 031100869
रकम जम्मा गर्नको लागि थप जानकारीको आवश्यकता परेमा कोषाध्यक्ष राजीव श्रेष्ठलाई 619-750-6404 मा वा आर्थिक संयोजक कृष्ण जीवी पन्थलाई 443-433-2073 मा सम्पर्क गर्न सक्नुहुनेछ।
भवन खरिदको विषयमा थप जानकारी चाहिएमा अध्यक्ष बुद्धि सागर सुबेदीलाई 920-809-1210 मा सम्पर्क गर्न सक्नुहुनेछ।
News Source: Eneplese