जुलाई २२ शुक्रबारदेखि युलेसको Cinepolis मा “ ए मेरो हजूर ४ “

NRNA NEWS
2022 Jul 18

पछिल्लो समय अमेरिका नेपाली चलचित्रका लागि राम्रो बजार बन्दै आइरहेको छ । त्यसमाथी पनि टेक्सस सेरोफेरोमा नेपाली चलचित्रहरू प्रति दर्शकहरूको उत्साहजनक चासो रहने गरेको छ । यसै सिलसिलामा झरना थापाको निर्देशन सुनीलकुमार थापाको निर्माण एवं अनमोल केसि , सुहाना थापा, सलोन बस्नेत लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको यस वर्षकै सर्वाधिक सफल नेपाली चलचित्र ए मेरो हजुर ४ आगामी शुक्रबार अर्थात जुलाई २२ देखि Euless सिटीमा रहेको Cinepolis Luxury Cinemas मा प्रदर्शनमा आउने भएको छ ।

यस अगाडि कबड्डी ४ पनि सोही सिनेमाघरमा सफलतापूर्वक प्रदर्शन भएको थियो। यसप्रकार नेपाली चलचित्रले अमेरिकाका सिनेमाघरहरुमा नियमित शो पाउनु नेपाली चलचित्र क्षेत्रका लागि उत्साहजनक रहेको चलचित्रका डालस वितरक सुरेश दर्पण पोखरेल बताउँछन् ।यस्तै ड्यालस सेरोफेरोमा रहनुभएका आम दर्शकहरुले आफ्नो चलचित्रलाई हेरेर माया गरिदिने विश्वास चलचित्रका नायक अनमोल केसीले विश्वास व्यक्त गरेका छन् ।

चलचित्रको ड्यालस प्रदर्शनको बारेमा छोटो प्रतिक्रिया दिंदै निर्देशक झरना थापा र कलाकार सुहाना थापाले पनि टेक्ससमा रहनुहुने नेपालीहरुलाई आफ्नो फिल्मलाई माया गरिदिनका लागि भिडियो सन्देश मार्फत आग्रह गरेका छन् ।

error: Content is protected !!