नेपाली हिन्दुहरुको महान पर्ब बिजय दशमीको अवसर पारेर लुम्बिनी सेवा समाजले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ।
आज एक बिज्ञप्ति सार्बजनिक गर्दै समाजकि संयोजक राधिका खरालले दशैंको अवसरमा शुभकामना कार्यक्रम गर्न लागेको जानकारी दिनु भएको छ।
बिज्ञप्ति जस्ताको त्यस्तै
आदरणीय आमा बुवा दिदी बहिनी दाजु भाई समाजका सदस्य ज्युहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरू प्रति सादर नमस्कार 🙏
यस समाज द्वारा आयोजना गरिएको बिजयादशमी, शुभ दीपावली, छठ २०७९ तथा नेपाल सम्वत ११४३ आगमनको पावन अवसरमा भेटघाट तथा शुभकामना आदान-प्रदान गर्ने कार्यक्रम रहेको सहर्ष जानकारी गराउन चाहन्छौं ।उक्त कार्यक्रममा नेपाली पन्चे बाजा, नेपाली लोक नृत्य सहित साँस्कृतिक कार्यक्रम, बिंगो ,बाल बालिका तथा बैश्यक सबैको लागी बिभिन्न प्रकारका प्रतियोगितात्मक खेलकुद लगायतका मनोरन्जनात्मक कार्यक्रम दिवा भोज सहित तपसिलको मिती समय र स्थानमा हुने कार्यक्रममा उपस्थिति को लागी सादर निमंत्रणा गर्दछौं ।धन्यवाद ।
मिती: अक्टोवर ०९, २०२२आईतवार
समय: दिनको १ बजे
स्थान: 1951 Bear Creek Parkway, Euless Tx 76039
प्रवेश:-निःशुल्क (स्वेच्छिक सहयोग स्वीकार हुनेछ)
राधिका खराल
संयोजक
एवं
शुभकामना आदान-प्रदान कार्यक्रम
व्यवस्थापन समिति
डालस टेक्सास
You sent लुम्बिनी सेवा समाज अमेरिका