‘हाम्रै सन्तानले हाम्रो सामाजिक भाव र पदिय मर्यादामाथी शंका गर्ने बाटो नराखौं’ : बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार पन्थ

NRNA NEWS
2021 Apr 27

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्ण जीवी पन्थले एनआरएनएन सवल, पारदर्शी र विशुद्ध सामाजिक छवि बोकेको संस्थाका रुपमा रहनु पर्ने आवश्यकतालाई पुन दोहोर्याएका छन् । एनसीसी अध्यक्ष प्रत्यासी कृष्ण लामिछानेको न्युयोर्कमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै पन्थले एनआरएनए स्थापनाको उदेश्य, कर्तव्य र आएका जनगुनासोबारे बोल्दै उनले सबैको संस्थागत चाहनालाई संबोधन गरिनुपर्ने बताएका हुन् ।

यस अघि पनि अमेरिकाका बिभिन्न राज्यका चुनावी कार्यक्रममा सहभागी पन्थले अध्यक्ष प्रत्यासी लामिछानेको उमेद्वारीलाई खुलेरै प्रसंसा गर्दै भने ‘हामीे उहाँलाई साथ र सहयोग गर्न हिंडेका छौं, हामी बोल्ने भन्दा सुझाव संकलन गर्दैछौं मतदाता तथा मतदानको दायरा बाहिरका सबै नेपालीकोसुझाव नै हाम्रो एजेन्टा हो ।’

पन्थले सबैलाई स्वच्छ प्रतिस्पर्धा गर्न अनुरोध गर्दै सबैको सामाजिक र ब्यक्तीगत कर्म र स्वभाव समाजले नजिकबाट नियालिरहेकोले अझै पनि उमेद्वार र पदाधिकारीले आफ्ना कमी कमजोरीलाई स्वकारेर भोलीका दिनमा गुनासो भन्दा माथीको एनआरएनए अमेरिका स्थापना गर्न नसके भावि पुस्ता सम्म जोडिन गाह्रो हुने वास्तविकतालाई पनि प्रष्ट पारेका छन् ।

प्रत्यासी पन्थले अहिलेका हामीहरुको काम पारदर्शी र जवाफदेही हुन सके मात्र अमेरिकामा रहेका भावी पुष्तालाई यस अभियानसंग जोड्न सकिने अन्यथा हाम्रै सन्तानबाट हाम्रो सामाजिक भाव र पदिय मर्यादामाथी प्रश्न उठ्न सक्ने गम्भिर बिषयमाथी पनि जोड दिएका थिए ।

सिंगो अमेरिकाबासी नेपाली सम्म सहयोग पुर्याउन एनआरएनए च्याप्टरको भूमिका महत्वपूर्ण हुने बताउँदै पन्थले लोकल संस्थासंगको समन्वयको आवश्यकतालाई उदाहरण सहित प्रष्ट्याउँदै एनआरएनए लोकल संघ संस्थाको प्रतिस्पर्धी नभई सहयोगी भएको यथार्थलाई पनि अघि सारेका छन् ।

 

error: Content is protected !!