‘हाम्रा अभियानहरु दोस्रो पुस्तामैत्री र नेपालसँग जोडेर गरिनुपर्छ’ -वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्ण जीबी पन्थ [ एनआरएनए अमेरिका निर्बाचन २०२१ – २०२३ ]

NRNA NEWS
2021 May 04

न्यूर्योक । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीबी पन्थले अमेरिकामा नेपाली समूदायले दिएको सुझाव नै आफ्नो चुनावी एजेण्डा भएको बताउनु भएको छ । अमेरिकाका विभिन्न राज्यमा चुनावी अभियानको क्रममा पन्थले सुझाव संकलन भइरहेको र तिनै सुझावहरु आफ्नो एजेण्डा बनेको बताउनु भयो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न २०२१–२३ को लागि हुन गइरहेको निर्वाचनलाई अभियानको रुपमा अगाडि बढाउन विभिन्न राज्यमा कार्यक्रमहरु भइरहेका छन् । उहाँले संस्थागत विकास, संस्थागत परिवर्तन र पारदर्शिता हुनुपर्नेमा जोड दिर्दै नेतृत्व लिएपछि प्रत्येक कुराहरुमा जवाफदेहीता हुनुपर्नेमा जोड दिनुभयो ।

आफुले गरेका कामहरुलाई समाजले नजिकबाट नियाली रहेको बताउँदैं उहाँले सबैले जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो । हिजोका दिनहरुमा एनआरएन अमेरिकामा के के कमीकमजोरी भए भन्ने विषयमा समिक्षा गर्दै अगाडि बढ्न आवश्यक रहेको भन्दै उहाँले संस्थागत रुपमा संस्थाप्रति उत्तरदायी नहुने हो भने संस्थाको औचीत्य समाप्त हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नु भयो ।

‘हाम्रा अभियानहरु दोस्रो पुस्तामैत्री र नेपालसँग जोडेर गरिनुपर्छ’,उहाँले भन्नुभयो । एनआरएनए नेपालीलाई समस्या पर्दा दुख सुखको साथी हुनुपर्ने बताउँदै संस्थामा लिनको लागि नभई दिनको लागि जाने पनि स्पष्ट पार्नु भयो ।

अमेरिकामा बसेर नेपालीलाई जीवन निर्वाह गर्न समस्या नभएको तर नीतिगत र एजेन्डागत रुपमा भने विषय उडान गरिन आवश्यक रहेको बताउनु भयो । संस्थामा इमान्दारीपूर्वक काम गर्न आफूहरु सधै तयार रहेको र सोही अनुसार अगाडि बढ्ने भएकाले चुनावमा सही र असल व्यक्तीहरुको छनौट आवश्यक रहेको बताउनु भयो ।

error: Content is protected !!