सदस्यताका बिषयमा कार्य पुरा गरेर निर्बाचन तालिका आएको भए धेरैको बिश्वास बढ्ने थियो – द्रोण गौतम – सचिब पदका प्रत्यासी

NRNA NEWS
2021 Apr 07

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आशन्न निर्वाचनमा एनसीसी सचिव पदका प्रत्यासी द्रोण गौतमले निर्वाचन आयोगप्रतिको सबैको बिश्वास नै निर्वाचनको मेरुदण्ड भएको बताएका छन् । गौतमले निर्वाचन तालिका सार्वजनिकका सन्धर्वमा आयोग र निर्वाचनको महत्वबारे बोलेका हुन् ।

गौतमले सार्वजनिक निर्वाचन तालिकाका प्रति बिरोध नजनाएपनि निर्वाचनको महत्वमारे भनेका छन् ‘वास्तवमा स्वच्छ र बिश्वसनिय निर्बाचनका लागि अझै धेरै तयारी र बिश्वासको बातावरण निर्माण भए पश्चात मात्र तालिका आएको भए धेरैको बिश्वास बढ्ने थियो ।’

गौतमले प्राय निर्बाचनमा हुने गरेका शंका र आरोपहरु यस पटकको निर्बाचन पश्चात सुन्न नपर्ने गरी निर्वाचनलाई अघि बढाउनु पर्नेमा जोड दिंदै गौतमले सदस्य आफैले भोट हाल्ने, भेरिफेकशन, सर्भर र सर्भिस दिने कम्पनीको बिश्वसनियता र समग्रमा निर्बाचन गराउने आयोग प्रति सबैको बिश्वास हुनु लगायतका महत्वपूर्ण बिषय निर्बाचनका लागि मुख्य मेरुदण्ड भएको बताउँदै सबै अन्यौलहरुलाई पन्छाएर निश्पक्ष र विश्वसनिय निर्वाचनका लागि सबैको साझा एकता हुनु पर्नेमा पनि जोड दिएका छन् ।

उनले भने ‘मैले सचिव पदमा उम्मेदवारी दिएको हुनाले अवश्य पनि संस्थामा रहेर एनआरएन अमेरिकालाई सबैको साझा संस्था बनाउने र नेपालको राजनीतिका आधारमा यंहा बसेर समाज भाड्ने होईन समाज जोड्दै यहिको मुलधारमा हाम्रो प्रगती गर्दै सकेसम्म जन्मभुमीलाई सेवा गर्ने योजना आज पनि दोहोराउन चाहान्छु ।’

एनआरएन अभियानलाई सुद्धिकरण गरेर सबैको साझा संस्था बनाउने आफ्नो अभियानमा सबैको साथको अपेक्षा र विश्वास गरेका गौतम झण्डै दुई दशक अघि अमेरिका आएका हुन् । लामो समयदेखी टेक्ससलाई कर्मक्षेत्र बनाएर क्रियाशिल उनि टेक्सस च्याप्टर उपाध्यक्ष, स्वास्थ्य, धार्मिक, संस्कृति जस्ता क्षेत्रमा पहल र प्रतक्ष्य संलग्नताका आधारमा नेपाली समुदायमाझ असल र कुशल सामाजिक अभियन्ताका रुपमा परिचित छन् । गौतम एनआरएनएसंग जोडिएपछिका पदयि र गैर पदिय दुवै हैसियतमा उत्तीकै सक्रिय छन् ।

error: Content is protected !!