अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाका अध्यक्ष प्रत्यासी कृष्ण लामिछानेकोे टिमले विभिन्न राज्यहरुमा भब्य कार्यक्रम आयोजना गरिरहेको छ । त्यस्तै सिलसिलामा कोलोराडोको ब्रुमफिल्ड सहरमा कोलोराडोमा रहेका विभिन्न सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थितिमा एक भब्य कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टरका संस्थापक सभापति वासुदेव खनालको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथिमा नेपाल जनसम्पर्क समितिका पूर्व संयोजक विष्णु सुबेदी, विशेष अतिथिमा राप्रपाका सह(महामन्त्री प्रेमकुमार श्रेष्ठ हुनुहुन्थ्यो । । एनआरएनए कोलोराडो च्याप्टरका सहसचिब उम्मेदवार सञ्जय शाक्यले सबै उपस्थित अतिथिहरूलाई स्वागत मन्तव्य दिएका दिनुभएको थियो ।
अतिथीहरुको आसन ग्रहण पछि नेपाली तथा अमेरिकन राष्ट्रिय गानबाट कार्यक्रमको सुरुवात भएको थियो भने राष्ट्रिय गान पछि कृष्ण लामिछानेको बारेमा एउटा भिडियो क्लिप देखाइएको थियो ।
कार्यक्रममा अध्यक्षका प्रत्याशी कृष्ण लामिछानेले एनआरएनए कार्यालय स्थापना, निर्वाचन प्रणाली तथा अमेरिकाको सदस्यता विवाद लगायतका काम गर्न आफूले आगामी दुई वर्षका लागि आफ्नी श्रीमती र छोरीहरूसँग बिदा लिएर एनआरएनए अमेरिकाको लागि काम गर्न छुट्टाएको बताउनभुयो ।
एनआरएनए अमेरिकालाई समुदायको सदस्यको पहुँचमा ल्याउन आफूले अध्यक्ष पदमा निर्वाचन लडेको बताउँदै मर्दा र पर्दाको एनआरएनए निर्माण गर्न आफू लागिपर्ने लामिछानेले बताउनुभयो । साथै विभिन्न राज्यमा रहेका स्थानीय संघसंस्थाहरूसगँ समन्वय गर्दे कामहरू अगाडि बढाउँदै लैजाने कुरामा आफू कहिले पछि नपर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष कृष्ण जीवी पन्थले आफूहरू बोल्न भन्दा सामुदायिक सदस्यहरूको भावना सुन्न डुलेको बताउनुभयो ।
त्यसै गरी उपाध्यक्ष पदका प्रत्याशीहरू विकास उप्रेती, प्रवीण के सी, पूर्ण चन्द्र बानिया, महिला उपाध्यक्षका उम्मेदवार इच्छा बस्नेत, महिला सचिव उम्मेदवार सुनिता कंडेल, सह(कोषाध्यक्ष उम्मेदवार विकल ढकाल, युवा संयोजकका उम्मेदवार ओम गुरुङ, आसिसीका उमेम्दवारहरु रामबाबु पाण्डे र रविन बज्राचार्य बोर्ड अफ डाइरेक्टर पदका उमेम्दवारहरु कमल सापकोटा, दिवाकर पाण्डे, अशोक के सी, साबु गदाल, राजेन्द्र बाबु जोशी (जोशीबाबु) ले आफ्नो समर्थन दिँदै आ(आफ्नो उम्मेदवारी किन र केको लागि भन्दै आफ्नो समूहलाई अत्यधिक बहुमतले विजयी गराउन पनि आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा एनआरएनए आइसिसीका सचिव गौरीराज जोशी, नेपाली काङ्ग्रेस महासमितिको सदस्य तथा आइसिसी प्रभावशाली सल्लाहकार हरिबोल भण्डारी, एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रिय संयोजक राजन त्रिपाठीको पनि कार्यक्रममा उपस्थित थियो । आइसिसीको मानार्थ सदस्यहरू प्रतीक पाण्डे, प्रकाश सापकोटा र लोक तिवारी क्यान्सास च्याप्टरका अध्यक्ष फिलिप केसीको पनि उपस्थिति थियो ।
कार्यक्रममा रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका नव निर्वाचित अध्यक्ष टिका पौडेल, नेपाली घरका अध्यक्ष लछुमन राणा, तमु धि कोलोराडो अध्यक्ष चन्द्रमान गुरुङ, जनसम्पर्क समिति कोलोराडो च्याप्टर अध्यक्ष गणेश भण्डारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि सन्तोष न्यौपाने, सङ्खुवासभा जनसम्पर्क समितिका अध्यक्ष विनोद गौली, अनेसास बोर्ड अफ ट्रस्टी उपाध्यक्ष तथा पूर्व अनेसास अध्यक्ष पदम विश्वकर्मा, नेपाली काङ्रेसका नेता तथा सामाजिक अभियन्ता बुद्धि लामिछाने, पूर्व एएनए अध्यक्ष नवीन दत्त, पूर्व अनेसास अध्यक्ष ज्ञानेन्द्र गदालले उम्मेदवारहरूलाई बिजयको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टरका उपाध्यक्ष तथा अध्यक्षका प्रत्याशी आर सी पन्तले दुई वर्षमा के के कार्य गर्ने बताउनुभयो । साथै आफूले जितेको खण्डमा करिब २५ वटा व्यवसायमा एनआरएन कार्ड देखाए बापत केही छुटको व्यवस्था गर्ने पनि बताउनुभयो ।
उक्त भेटघाट कार्यक्रमबाट नै दीपक सुनुवारको प्लम्बिङ सेवा लिए बापत १० प्रतिशत छुट दिने घोषणा पनि गर्नुभयो । कार्यक्रममा विशेष अतिथि राप्रपाका सह(महामन्त्री प्रेम कुमार श्रेष्ठले कृष्ण लामिछाने समूहलाई समर्थन गरेको जानकारी गराउनुभयो । कार्यक्रमका सभापति वासुदेव खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।