सोफिन भए टेक्सास च्याप्टर अध्यक्ष, निर्वाचित र पराजितको मतान्तार अत्यन्त कम

NRNA NEWS
2021 Jun 01

भर्खरै सम्पन्न एनआरएनए अमेरिकाको निर्वाचनबाट अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका च्याप्टरहरुको नतिजा पनि सार्वजनिक भएको छ । जसमध्य नेपालीहरुको वाहुल्यता रहेको र एनआरएनए निर्वाचनमा संधै चर्चामा रहने टेक्सास राज्यको मत परिणाम अनुसार मुख्य ६ पदका लागि निर्वाचित पदाधिकारीको मत बिवरण यस प्रकार छ ।

नयाँ कार्यसमिती निर्वाचन २०२१-०२३ का लागि टेक्सास च्याप्टर अध्यक्षमा सोफिन थापा बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्धी सन्देश उप्रेतीलाई जम्मा ७५ भोटको झिनो मतान्तरले पछि पार्दै च्याप्टर अध्यक्षमा थापा बिजयी भएका हुन् । थापाले १५ सय २४ मत प्राप्त गरेका छन् भने उप्रेतीले १४ सय ४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदका लागि ३ जनाको उमेद्वारी रहेको टेक्सास च्याप्टरमा पनि मतान्तर थोरैमात्रले गंगा दत्त शर्मा बिजयी भएका छन् । ६० मतले अशोक कुमार शाहीलाई पछि पार्दै बिजयी भएका शर्माले ११ सय ६२ मत प्राप्त गरेका छन् भने शाहीले ११ सय २ र बिक्रम बहादुर खत्रीले ५ सय ४७ मत प्राप्त गरेका छन् ।

टेक्सास च्याप्टर सचिवमा बिजयी चण्डीप्रसाद भण्डारी भने आफ्ना प्रतिद्वन्द्धी कृष्ण प्रसाद न्यौपानेलाई फराकिलो मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । विजयी भण्डारीले १६ सय ८४ मत प्राप्त गरेका छन् भने न्यौपानेले ११ सय ६७ मत प्राप्त गरेका छन् ।

उनिहरुको मतान्तर ५ सय १७ रहेको छ । त्यस्तै च्याप्टर सह सचिव पदमा बिजयी राजन भट्टराई र हार बेहोरेका दिपेन्द्र गुरागाईंको मतान्तर पनि झिनो रहेको छ । जम्मा ५५ मतले गुरागाईं पराजित भएका हुन् । बिजयी भट्टराईले १३ सय ९४ मत प्राप्त गरेका छन् भने गुरागाईंले १३ सय ३९ मत प्राप्त गरेका छन् ।

टेक्सास च्याप्टर कोषाध्यक्षमा निर्वाचित दिलिप कुमार बस्नेत भने आफ्ना प्रतिस्पर्धी राजन भट्टराईलाई १ सय ५२ मतले पछि पार्दै बिजयी भएका हुन् । बस्नेतले १४ सय २६ र भट्टराईले १२ सय ७४ मत प्राप्त गरेका छन् ।

त्यस्तै ६ जना निर्वाचित रहने टेक्सास बोर्ड सदस्यमा ८ जनाको उमेद्वारी परेको थियो । जसमा बिजयी भएका ६ जना मध्य टंकमणी घिमिरेले १६ सय ६२ मत,भिूवनेश्वरी सुवेदीले १६ सय ९ मत, निश्चल चापागाईंले १५ सय ९० मत, छविलाल हुमागाईले १५ सय ७५ मत र सन्तोष लम्साले १५ सय ६१ मत प्राप्त गरेका छन् भने पराजित नरेन्द्र तिवारीले १३ सय ८४ मत र सुन्दर गौतमले १ हजार ६६ मत प्राप्त गरेका छन् ।

error: Content is protected !!