शिकागो,
एनआरएनए अमेरिकाको अध्यक्षमा तिलक केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । विस्कन्सीन राज्यमा रहेर ब्यवसायमा सकृय केसीले “सिन्डिकेट तोडौं, नेपाली जोडौ” भन्ने मुल नाराका साथ उम्मेदवारी दर्ता गराउनुभएको हो ।
बोर्ड अफ डाईरेक्टरमा रहंदा फरक र जनहितमा काम गर्ने ब्यक्तीको छवी बनाएका केसीलाई न्यूयोर्कमा रहेका समाजसेवी टेक गुरुगं प्रस्तावक र साउथ क्यारोलिनाका समाजसेवी डाक्टर रामचन्द्र बराल समर्थक रहेर उम्मेदवार दर्ता गरिएको हो । अमेरिकाको नेपाली समुदायमा राम्रो छवी भएका गुरुगं र बरालले उम्मेदवारीमा प्रस्ताव र समर्थन गर्नु पनि आफैमा सांकेतिक रहेको छ ।
नेपालमा रहंदा बिद्यार्थी कालमा केन्द्रिय क्याम्पसको स्वबियु सचिव, प्राध्यापक, मानवअधिकारर्मीको रुपमा सकृय केसी अमेरिकामा आए पछि उच्च शिक्षा अध्ययनका साथै राम्रो ब्यवसायीको रुपमा पनि चिनिनुहुन्छ । केसीको उम्मेदवारी र प्रचार शैलि अन्य उम्मेदवारको भन्दा भिन्न र गैर राजनीतिक तथा स्वतन्त्र मतदाताको भोट तान्ने निश्चय भएको देखिन्छ । केसीलाई अमेरिकाभरबाट स्वतन्त्र मतदाताको राम्रो समर्थन मिल्ने बिश्वास गरिएको छ ।
उम्मेदवारी दर्ता गराए पछि केसीले आफु अमेरिकामा रहेका आम एनआरएनको बिचार बोकेर निर्बाचनमा उम्मेदवारी दिएको बताएका छन् । केसीले हरेक बहस र डिबेटमा अन्य उम्मेदवारका भन्दा फरक र भिजन दिन सक्ने एजेण्डाहरु लिदै आएका छन् ।