सिकागोमा स्थानीयको बाक्लो उपस्थितिका बीच सम्पन्न भयो नेतृत्व पदका दावेदार कृष्ण लामिछानेको चुनाबी सभा

NRNA NEWS
2021 May 08

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाकाको नयाँ कार्यसमिती निर्वाचनमा नेतृत्व पदका दावेदार कृष्ण लामिछानेको सिकागोमा आयोजित अन्तरक्रिया तथा भेटघाट पनि सफलतापूर्वक सम्पन्न भएको छ । सिकागोको इलिनोईमा स्थित नेपाली फ्रेण्डसिप सोसाईटीको कार्यलय रहेको भवनमा आयोजित चुनाव लक्षित भेटघाट निर्वाचन बिषयक छलफल तथा सुझाव संकलन लगायतका कार्यक्रम सहित सम्पन्न भएको हो ।

एनआरएनए र स्थानिय सामाजिक संघ संस्था र मतदाताका रुपमा रहेका नेपाली समुदायका प्रतिनिधी, आसन्न निर्वाचनका उमेद्वार, संचारकर्मी लगायतको उल्लाहसमय सहभागिता रहेको कार्यक्रम साँझ ५ बजेबाट ८ बजे सम्म चलेको थियो ।

सिकागोको कार्यक्रमबाट सिकागो तराई सोसाईटीका पूर्व अध्यक्ष जगदिश यादव, ईलिनोईज च्याप्टर अध्यक्ष तथा सिकागो थारु सोसाईटी अध्यक्ष ईन्द्रकान्त चौधरी, मधेसी एसोसियशन अफ अमेरिकाका अध्यक्ष सुरेन्द्र चौधरी, अन्तराष्टिय साहित्य समाज सिकागो च्याप्टरका ईश्वरी बगाले, सिएनएफएस अध्यक्ष खेम पन्थी लगायतका सिकागोका सामाजिक संघ संस्थाका प्रतिनिधीको बाक्लो उपस्थिती रहेको कार्यक्रममा एनआरएनए अभियन्ता विदुर अधिकारी, बिनोद वस्ताकोटी, बिजेन्द्र राणा लगायतले उमेद्वार लामिछाने साथै उनको प्यानललाई प्रतिनिधी प्रश्न राखेका थिए जसको जवाफमा लामिछानेले आफु र आफ्नो प्यानलको उमेद्वारीको उदेश्यमाथी स्पष्टता ब्यक्त गरेका थिए ।

सिकागोको कार्यक्रमबाट फर्किएका लामिछानेले सिकागोवासी नेपालीलाई धन्यवाद दिएका छन् । उनले संक्षिप्त वक्तब्य जारी गर्दै भनेका छन् ‘आसन्न २०२१-२३ को लागी हुन गईरहेको निर्वाचनलाई अभियानको रुपमा अगाडी बढाउन सिकागो इलिनोइमा मा सम्पन्न भेलामा तपाईहरुले देखाउनु भएको हार्दिक आत्मियता र सद्भावले हामीलाई थप उर्जा र हौसला मिलेको छ। छोटो समयको सुचना र ब्यस्तताको बिच तपाईहरुसंगको सामिप्यताले हाम्रो यात्राको मार्गलाई फराकिलो बनाएको छ।

धेरै साथीहरु, आमाबुवा, दिदीबहिनी र दाजुभाईलाई भेट्ने चाहानालाई पुरागर्न म फेरी छिट्टै तपाईहरुको शहरमा आउने नै छु। यो भेटघाट र छलफलको क्रममा भेट्न नभ्याएकोमा म पुर्णत क्षमा याचना गर्दै यहॉंहरु सबैका प्रति आभार तथा हार्दिक धन्यवाद ब्यक्त गर्दछु।’

error: Content is protected !!