गैह्र आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आशन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका उमेद्वार कृष्ण जिवी पन्थले मिसिगन राज्यका आफ्ना मतदाता तथा समर्थकसंग भेट गरेका छन् । निर्वाचन अभियान अन्तरगत लामिछानेले मे १५ शनिवारका दिन आयोजित अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागी मतदाता, एनआरएनए तथा स्थिानिय सामाजिक अभियन्ता, बौद्धिक जमात र आफ्ना समर्थकलाई भेटेका हुन् ।
बर्तमान एनसीसी उपाध्यक्ष पन्थ एनसीसी बरिष्ठ उपाध्यक्ष पदमा औपचारिक उमेद्वारी घोषणा गरे लगत्तैबाट अमेरिकाका बिभिन्न राज्यको भ्रमणमा रहेका छन् । मिशिगनको कार्यक्रम सफल रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति कृतज्ञता ज्ञापन गरेका उनले यस बिषयमा जारी गरिएको वक्तब्यमा भनेका छन् ‘गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न २०२१/२३ को लागि हुन गइरहेको निर्वाचनलाई अभियानको रुपमा अगाडि बढाउन मिचिगन (Michigan) राज्यमा सम्पन्न भएको अन्तरकृया कार्यक्रममा तपाईहरुले देखाउनु भएको सामाजिक एकता, सदभाव एबं बिश्वासलाई कहिल्यै मर्न दिनेछैनौ । तपाईहरुले दिनुभएको साथ, सहयोग एबं उत्साहप्रती हार्दिक नमन गर्दछु ।
उक्त कार्यक्रममा आफ्नो सकृय सहभागिता जनाउनुहुने सम्पूर्ण साथीहरु, आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’
आशन्न निर्वाचन २०२१–०२३ का लागि बरिष्ठ उपाध्यक्ष पदका लागि चुनावी मैदानमा देखिएका पन्थ लामो समय देखि अमेरिकाका सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका युवा उमेद्वार हुन् । मेरिल्याण्ड राज्यमा रहेर सामाजिक अभियानमा जोडिएका उनि कुशल नेतृत्व क्षमता, बौद्धिक, तार्किक र पारदर्शी व्यक्तीत्व तथा एनआरएएप्रति जिम्मेबार अभियन्ता भएकाले पनि बिभिन्न राज्यमा पन्थका समर्थन बाक्लो संख्यामा रहेको पाईन्छ ।