‘साझा एनआरएनए निर्माणका लागि एकता’ भन्ने नारा बोकेर अमेरिकाका बिभिन्न राज्यका दौडाहामा लामिछाने समुह

NRNA NEWS
2021 Apr 30

कन्सास – अबको करिब एक महिनापछी सम्पन्न हुने एनआरएनए अमेरिकाको निर्वाचनको प्रचार तथा सामुदायिक अन्तर्कृयाका लागि अध्यक्ष पदका बलिया प्रत्यासी कृष्ण लामिछाने तथा उनको शक्तिशाली समुह भोली शनिवार कन्सास राज्य पुग्ने भएको छ । चुनावी प्रचारको दौरानमा नेपाली समुदायका अभियान्ताहरुको साथ र समर्थन बटुल्दै गएको लामिछाने समुहको कन्सासको भोलीको कार्यक्रम अपरान्ह ४:०० बजे शुरु हुनेछ ।

त्यसैगरी कन्सास्को कार्यक्रम लगत्तै यो सप्ताहन्तमा एनआरएनए अमेरिकाको अध्यक्ष पदका प्रत्यासी लामिछाने र उनको समुह कोलोराडोमा हुने कार्यक्रममा सहभागी हुनेछ । अपरान्ह ३:०० बजेदेखी ७:०० बजेसम्म आयोजना हुने सामुदायिक भेटघाट कार्यक्रममा लामिछानेले एनआरएनए अमेरिकाको निर्वाचनको तयारी समुहमा बिकसित समर्थनको ओईरोको बारेमा आफ्नो धारणा राख्नेछन

‘साझा एनआरएनए निर्माणका लागि एकता’ भन्ने नारा बोकेर अमेरिकाका बिभिन्न राज्यका दौडाहामा निस्किएको लामिछाने समुहको कन्सास र कोलोराडोको दुबै कार्यक्रममा लामिछानेको साथमा होस्टेमा हैंसे मिलाउन वरिष्ठ उपाध्यक्ष पदका बलिया उमेद्वार कृष्णजिबी पन्थ, महासचिवका प्रत्यासी तथा नेजसका पुर्व नेता बिनोद भट्ट, उपाध्यक्ष पदका प्रत्यासीहरु बिकास उप्रेती, चन्द्र लामा, प्रबिन केसी र पूर्णचन्द्र बानियां, सचिब पदका प्रत्यासी द्रोण गौतम, महिला सचिव पदकी प्रत्यासी सुनिता कंडेल सापकोटा, सह-कोषाध्यक्ष पदका उमेद्वार बिकल ढकाल, महिला संयोजककी उमेद्वार सुनिता खत्री लगायतका उमेद्वारहरु सहभागी हुनेछन ।

समाचार : खुल्लामंच डट कम

error: Content is protected !!