सर्व-सम्मत रुपमा टेक्सास च्याप्टर आमन्त्रित सदस्यमा सन्देश उप्रेती नियुक्त

NRNA NEWS
2021 Aug 12

गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको टेक्सास च्याप्टर सदस्यमा सन्देश उप्रेती नियुक्त भएका छन् । च्याप्टर नयाँ कार्यसमिती (२०२१-०२३) का लागि उप्रेतीलाई सर्व सम्मत रुपमा आमन्त्रित सदस्यमा नियुक्त गरिएको हो ।

नव निर्वाचित वर्तमान कार्यसमितीको टेक्साास च्याप्टर अध्यक्षमा उमेद्वारी समेत दिएका उप्रेती च्याप्टर नेतृत्व पदमा सोफिन थापासंग झिनो मतान्तरले पराजित उप्रेतीको सामाजिक कर्मको योगदान स्वरुप उनलाई आमन्त्रित सदस्यमा सर्व सम्मत रुपमा नियुक्त गरिएको हो ।

लामो समयदेखी अमेरिकाको टेक्ससमा रहेर सामाजिक सक्रियताको छवि बनाएका युवा ब्यवसायि सन्देश उप्रेती एनआरएनए अमेरिकाको युथ टाक्स फोर्सको को-चियरको भूमिकामा रहेर नेपाली बिद्यार्थी तथा युवा वर्गको नेतृत्वदायि भूमिकामा रहेर काम गरेका युवा हुन् ।

टेक्ससको फोर्थ वोर्थ शहरमा रहेर घर जग्गा ब्यवसायि[Realtor]संगै नेपाली हेण्डि क्राफ्ट र होटेल ब्यबसाईका रुपमा समेत राम्रो व्यवसायिक छवि बनाएका उप्रेती टेक्सस क्षेत्रमा रहेका नेपाली समुदायमा भै परि आउने समस्यामा प्रायजसो प्रत्यक्ष संलग्न रहेको देखिन्छ । निबर्तमान कार्यसमिती (२०१९-०२१) को निर्वाचनमा सचिव पदमा उमेद्वारी दिएका उनि यस पटक अध्यक्ष पदका वलिया प्रतिस्पर्धीका रुपमा देखिएका अभियन्ता हुन् ।

युथ फोर्समा को-चियरका रुपमा रहँदा युवा र बिद्यार्थीका लागि पनि एनआरएनए छ है भन्ने वातावरण सृजना गर्नमा सधैं प्रयासरत र सफल उप्रेतीको पहलमा नेपाली बिद्यार्थीका समस्या समाधान र सुनुवाईका लागि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीसंग सहकार्यका लागि सिधा छलफल कार्यक्रम समेत भएको थियो भने समस्या समाधानका लागि उनि स्वयंले समेत पहल गर्ने गरेको पाईन्छ ।

उप्रेतीको ब्यक्तीगत र सामाजिक कार्य कुशलताका आधारमा पुन कार्यसमिती भित्र नै ल्याउनु पर्ने आवश्यकतालाई ध्यानमा राखी च्याप्टर सदस्यमा गरिएको नियुक्ती बिषयमा उनले यस पदिय सम्मानले आफुभित्रको सेवाभावलाई अझ धेरै जिम्मेवारी र चुनौती थपिएको अभिव्यक्ती सहित निरन्तर सामाजिक कर्ममा रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

error: Content is protected !!