गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाईरेक्टर पदमा सरोज सिग्देलले उमेद्वारी घोषणा गरेका छन् । लामो समय देखी अमेरिकामा रहेर सामाजिक सेवामा क्रियाशिल छवि बनाएका सिग्देलले नयाँ कार्यसमिती निर्वाचन २०२१ ०२३ का लागि बोर्ड अफ डाईरेक्टर पदमा आफ्नो उमेद्वारी सार्वजनिक गरेका हुन् ।
करिव डेढ दशक पहिले अमेरिका आएका सिग्देल आफ्नो सामाजिक र बिभिन्न संघ संस्थासंगको आवद्धता र जिम्मेबारीको अनुभव सहित यस पटकको निर्वाचनमा देखिएका युवा प्रत्यासी हुन् । व्यवसायिक पृष्ठभूमिका उनि २०१७-१९ मा एनआरएनए अमेरिकाको हेल्प डेस्क कडिनेटर समेत हुन। अर्भिड़ एभरेस्ट लायन्स क्लब का प्रेशिडेन्ट समेत रहेका सिग्देल नेप्लिज अमेरिकन चेन्बर अफ कमर्समा कार्यकारि सदस्य साथै २०१९- २०२१ कार्यकालमा नेपाली प्रोडक्ट प्रोमोसर कमिटी लगायतमा रहेर पदिय जिम्मेबारी कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् ।
सानैबाट सेवा भावना भएका सिग्देल सेवाको परिधी अझ फराकिलो बनाएर अमेरिकामा रहेका नेपाली, नेपाली समुदाय र मातृभूमि नेपालका समस्या र समाधान लगायतका महत्वपूर्ण एजेन्डा सहित आशन्न निर्वाचनमा बोर्ड अफ डाईरेक्टर पदका लागि चुनावी मैदानमा देखिएका अर्का बलिया प्रत्यासी हुन् ।