सचीव पदको उम्मेदवारी नेता वन्नकालागि होइन , म त निस्वार्थ सेवाभाबले सस्थामा रहेर काम गर्नु चाहन्छु – द्रोण गौतम

NRNA NEWS
2021 May 16

एनआरएनए अमेरीकाको सचीव पदका उम्मेदवार द्रोण गौतम १८ वर्ष देखी अमेरीकाको टेक्सासमा वस्दै आएका छन् । गुल्मीमा जन्मेका उनी अमेरीका पुगेपछी नेपाली समुदायसंग नजीक भएर काम गरीरहेका छन् । त्यहीको एक हेल्थ केयरमा प्रसासनीक अधिकृतको रुपमा कार्यरत उनी सामाजीक संस्थाहरुमा पनी सकृय छन् । सामाजीक सेवा गर्ने तिव्र चाहानाका कारण उनी नेपाली समुदायले खोलेका स्थानीय संस्थाहरुको पनी नेतृत्वतहमा रहेर काम गरीरहेका छन् भने नेपाली समुदायमा परेको समस्यामा सहयोग गदै आएका छन् ।

नेपलीज एसोसीएसन अफ ह्युस्टन को उपाध्यक्ष , २०१४ देखी एनआरएनए अमेरीकाको सदस्य १९१७ देखी १९मा टेक्सास च्याप्टरको उपाध्यक्ष भएर काम गरेका छन् भने अहिले च्याप्टर कोडिनेसन कमीटीको सदस्य भएर काम गरीरहेका छन् । नेपालीहरुका विचमा रहेको आत्मीय सम्वन्धलाई अझै प्रगाढ वनाउने र नेपाली समुदायको दुख सुखमा साथ दिने उदेश्यले एनआरएनए अमेरीकाको आसन्न निर्वाचनमा सचीव पदमा उम्मेदवारी दिएका छन् ।

एनआरएनए टुडे खबर पत्रिका संगको कुराकानीमा उनले भने ,सवैको राजनीतीक आस्था हुन्छ तर आस्थाका आधारमा नेपाली समुदाय विभाजीत हुनु हुदैन, नेपालको राजनीतीलाई लिएर अमेरीकामा रहेका नेपाली समुदाय विभाजी हुनु हुदैन । भाईचाराको सम्वन्ध लाई प्रगाढ राख्नु पर्छ भन्ने भावना भएका गौतमले एनआरएनए अमेरीकाको सचीव भएको खण्डमा त्यहा पुगेर संस्थालाई राजनीतीक भन्दा माथी राख्ने प्रयत्न गर्ने वताउदै उनले भने राजनीती भन्दा माथी उठेर सवैले काम गर्ने वातावरण वनाउने मेरो उदेश्य हुनेछ त्यो संगै उनले भने स्थानीय संस्थालेनै सदस्यता वितरण गर्ने व्यवस्थाका लागी मेरो भरपुर प्रयास रहनेछ । उनले आफ्नो सचीव पदको उम्मेदवारी नेता वन्नका लागी नभएर नेपाली समुदायको काम गर्ने कार्यकर्ता वन्न रहेको वताए ।

error: Content is protected !!