लामिछानेले डालस कार्यक्रमबाट आफ्नो जितको उद्घोष गर्दै , समूहकै पक्षमा चौतर्फी जनलहर

NRNA NEWS
2021 May 19

टेक्सस । कृष्ण लामिछाने समूहले टेक्सास राज्यको ड्यालस वृहत् भेटघाट कार्यक्रम गर्ने भएको छ । गैर आवासीय नैपाली संघ एनआरएनए अमेरिकाको निर्वाचन नजिकिदैं गर्दा प्रचारप्रसारको कार्यक्रमलाई तिब्र बनाएको लामिछाने समूहले यही आईतबार मे २३ मा टेक्ससको नेपाली मन्दिर परिसरमा अपरान्ह् ११ः३० मा प्रत्यक्ष भेटघाट कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । अमेरिकामा रहेका नेपालीहरुको सल्लाह, सुझाव तथा प्रतिक्रियाका लागि वृहत कार्यक्रम गर्न लागिएको हो ।कार्यक्रममा अमेरिकाभरिबाट लामिछाने समूहलाई समर्थन गर्नेहरुको उपस्थिती रहने छ । कार्यक्रम ऐतिहासीक हुने लामिछाने समूहको विश्वास छ । टेक्सस मन्दिरका सुरुवात देखीका सारथी कृष्ण लामिछानेले नेपाली मन्दिरबाट नै आफ्नो दरिलो उपस्थिती जनाउदैं हुनुहुन्छ ।

लामिछाने समूहको पक्षमा यतीबेला जनलहर उर्लीएको छ । लामिछाने टिम एनआरएनए अमेरिकामा सक्षम, योग्य रहेको भन्दै समर्थन गर्नेको संख्या बढ्दो रहेको छ ।

लामिछाने समूहको पक्षमा जनलहर उर्लिएसंगै लगभग जितको सुनिच्चित भएको छ । लामिछानेले सोही कार्यक्रमबाट आफ्नो जितको उद्घोष पनि गर्नु हुनेछ ।

error: Content is protected !!