रिटायर हुने उमेरहद बढाउने योजनाको विरोध गर्दै फ्रान्समा आमहडताल

NRNA NEWS
2023 Jan 20

फ्रान्सका राष्ट्रपति म्याक्रोनले रिटायर हुने उमेरहद बढाउ ल्याउन लागेको योजनाको विरोधमा फ्रान्सका ट्रेडयुनियनहरूले एक दिने आमहडतालको घोषणा गरेका छन् ।

सेवानिवृत हुन पाउने उमेरलाई बढाउने योजनाको विरोधमा बिहीबार आमहडतालको आयोजना गरी विरोध प्रदर्शन गरिएको हो । फ्रान्सको संसदमा सेवानिवृत हुने औपचारिक उमेर ६२ वर्षबाट बढाइ ६४ वर्ष गर्न एक नयाँ विधेयक प्रस्तुत गरिएको छ ।

सो विधेयकको विरोधमा आमहडताल गरिएको हो । यातायात सेवा हुने भएको छन् । स्कूललगायतका सार्वजनिक सेवा बन्द हुने छ । पेरिसको ओर्ली विमानस्थलमा पाँच उडान मध्ये एक खारिज गरिएको छ ।

पेरिसका चालक बिनाका दुई मेट्रो सेवा सामान्यरूपमा चल्ने देखिएको छ ।

अपेक्षा गरिएअनुसार विशाल प्रदर्शनमा चरमवामपन्थीको घुसपैठ हुन सक्ने र हिंसा भडकिन सक्ने आंशकामा प्रहरीलाई तैनाथ गरिने छ ।

पूरा पेन्सन पाउनका लागि मानिसहरूलाई ४३ वर्ष काम गरेको हुनुपर्ने र यो कानु २०२७देखि लागु हुने गरी प्रधानमन्त्री एलिसाबेथ बोर्नद्वारा यो महिनाको सुरुमा प्रस्ताव ल्याइएको थियो । अहिले यो समय ४२ वर्ष रहेको छ ।

पेन्सनको यो ल्याउन खोजिएको कानुनको विरोधमा ६८ प्रतिशतले मत जाहेर गरेका छन् । यो साता आईएपओपीको मतसर्वेक्षणमा यो विरोध देखिएको थियो ।

error: Content is protected !!