गैर आवासिय नेपाली संघ (एनआरएनए)अमेरिकाको आशन्न निर्वाचन (२०२१-२३) का बरिष्ठ उपाध्यक्ष पदका उमेद्वार कृष्ण जिवी पन्थले आफ्नो टिमले मतदाताको मतको ईज्जत गर्दै ईमन्दारिताको उदाहरण पेस गर्न चाहेको बताएका छन् । चुनावी अभियान अन्तरगत आईतबार टेक्सासको डालसस्थित नेपाली मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै पन्थले आफु र आफ्नो टिम पदिय मोह भन्दा बाहिर रहेर मतदाताका चाहनाप्रति गम्भिर भएको बताएका हुन् ।
बर्तमान एनसीसी उपाध्यक्ष पन्थले आफ्नो दुई बर्षे कार्यकालको स्मरण गर्दै सबैको आवाज, समस्या, समाधान लगायतका संवेदनशिल पक्षप्रति आफु सचेत रहँदै आएको बताउनुका साथै नयाँ उमेद्वारी अर्थात बरिष्ठ उपाध्यको यात्रामा पनि सबैको अपनत्व बोकेको साझा संस्थाको बिकासका निमित्त आफु सचेत रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
संस्था भित्रका कमि कमजोरी हटाउनका निम्ती नै कृष्ण लामिछाने टिमबाट चुनावी मैदानमा उत्रिएको बताएका उनले आफ्नो प्यानल राजनितीक गन्धबाट बाहिर रहेर समावेसी एनआरएनए निर्माणका निम्ती कटिवद्ध रहेको बताए । जनताको एजेन्डालाई नै आफ्नो एजेन्डा बनाएर अघि बढेको बताएका पन्थले नेतृत्वका निम्ती उमेद्वारी दिएका कृष्ण लामिछानेको निश्वार्थ सामाजिक कर्मवाट आफु अत्यन्त प्रभावित रहेको र यसकै फल स्वरुप यस टिमसंग सहकार्य गरेको पनि स्पष्ट पारेका छन् ।
उनले भने ‘यो टिम हामीले बनाएको टिम होईन स्वत स्फुर्त रुपमा निर्माण भएको टिम हो जसमा महिला, युवा, जनजाती सबैलाई समेटिएको छ ।’
एनआरएनए अमेरिका राजनिती गर्ने थलो नभएको खरो तर्क सहित पन्थले भने ‘हामी यस पवित्र संस्थामा राजनिती गर्न दिने छैनौं ।’
स्थानिय संघ संस्थालाई संगै लिएर जाने प्रतिवद्धता सहित उनले अमेरिकामा रहेका नयाँ र भावि पुस्तालाइ एनआरएनएसंग जोड्नकै लागि नेपाली स्कुल, पाठ्य सामग्री, धर्म संस्कृतिको महत्व बुझाउने अवधारण जस्ता माध्यमहरुप्रति अध्यक्ष पदका दावेदार लामिछानेको कर्मगत यात्रामा साथ दिन सम्पूर्ण आफ्नो प्यानल कटिवद्ध रहेको पनि बताएका छन् ।