म कुरामा होइन काममा बिस्वास गर्छु – उपाध्यक्ष पदका प्रत्यासी उम्मेदवार रोशन अधिकारी

NRNA NEWS
2021 Apr 17

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा एनसीसी उपाध्यष पदमा रोशन अधिकारीले उमेद्वारी घोषणा गरेका छन् । बर्तमान एनसीसी अमेरिकाको पश्चिम क्षेत्रीय संयोजक अधिकारीले नयाँ कार्यसमिती निर्वाचन २०२१-०२३ का लागि एनसीसी उपाध्यक्ष पदमा आफ्नो उमेद्वारी सार्वजनिक गरेका हुन् ।

८ बर्ष पहिले अमेरिका आएका अधिकारी यहाँ आएको छोटो समयमा नै सामाजिक र ब्यवसायिक क्षेत्रमा सकारात्मक परिचय स्थापित गर्न सफल युवा उमेद्वार हुन् । सन् २०१७-०१९ का लागि क्यालिफोर्निया च्याप्टर सचिब  रहेका उनि Nepal Association of Northern California (NANC)का सचिव समेत हुन् ।

सानैबाट सेवा भावना भएका अधिकारीले नेपाल रहँदा पनि रेडक्रस, सामाजिक अभियानमा आवद्धता लगायतको उनको नेपाल रहँदाबाटकै सामाजिक गतिविधीमा सक्रिय युवा हुन् । अमेरिका र बिषेशत क्यालिफोर्निया क्षेत्रमा रहेका नेपालीका समस्यामा ब्यक्तीगत र संस्थागत दुवै रुपमा क्रियाशिल सहभागिता जनाउँदै आएका उनि स्थानीय संघ सस्था संघ सहकार्य गर्दै नेपाली कला, संस्कृति, भाषा लगायतका क्षेत्रका नेपाली अस्तित्व स्थापना, सामुदायिका केन्द्रको स्थापना, लगायतका काममा पनि महत्वपूर्ण पहल, भूमिका र आवाज उठाउँदै आएको पाईन्छ ।

आशन्न निर्वाचनका ४ अै जना एनसीसी अध्यक्षको समर्थन रहेको बताईएका अधिकारी यतिबेला अध्यक्ष प्रत्यासीका चुनावी अभियानमा समेत सक्रियता पूर्वक सहभागी हुँदै आएका छन् भने क्यालिफोर्नियामा आयोजना गर्न चाहने चुनावी उमेद्वार जो कोही भएपनि च्यापटर सहजिकरणको भूमिकामा रहनु पर्छ भन्ने मान्यता राख्ने उनि कुरा भन्दा कर्ममा विश्वास गर्नु पर्ने मान्यता राख्छन् ।

error: Content is protected !!