मातृभूमिमा परेको समस्यामा राहत रकम संकलन अभियानमा लामिछाने र समूह – सबैले सक्दो सहयोग गरौ

NRNA NEWS
2021 May 06

यतिबेला नेपाल कोभिड पेण्डामिकको दोस्रो लहरका कारण दिनहुँको मानविय क्षती र उच्च संक्रमणको जोखिमबाट गुज्रिरहेको छ । मातृभूमि नेपाल र अन्य देशमा रहेका नेपालीको संकटमा अमेरिकामा रहेका केही समुहले सहयोगको आवश्यकता महशुष गरेर रकम संकलन सुरु गरेका छन् । पहिलो चरणको संक्रमणका समय समेत सक्रिय सहयोगी भूमिका निर्वाह गरेका ब्यक्ती तथा समुहले संयुक्त रुपमा गो फण्ड संचालन गरेर मातृभूमि तथा असहज अवस्थामा रहेका अन्य देशमा रहेका संक्रमित तथा उनिहरुका परिवारको सहयोगार्थ रकम संकलन सुरु गरेका हुन् ।

दिनहुँ ठुलो संख्यामा मानविय क्षती र हजारौंको संख्यामा संक्रमितको थपिदैं गएको वर्तमान अवस्थालाई ध्यानमा राखी एनआरएनए एनसीसी अमेरिकाको आशन्न निर्वाचनका अध्यक्ष प्रत्यासी कृष्ण लामिछाने प्यानल, Dari Club USA ,Nepali Robinhood, NY Nepali Kaam Post, 100s group लागयतका संस्थाहरु मिलेर स्वदेश तथा विदेशमा लागयतका संस्थाहरु मिलेर स्वदेश तथा विदेशमा रहेका संक्रमितको औषधोपचार र उनिहरुका कुरुवाहरुको खानपान तथा वसोवासका लागि आवश्यक व्यस्था मिलाउन गो फण्ड संचालन गरिएको हो ।

यस बिषयमा सार्वजनिक संयुक्त वक्तब्यमा उल्लेख भए अनुसार गो फण्ड त्यो माध्यम हो जसमा आफ्नो क्षमता अनुसार सहयोगी मनले रकम संकलन गर्न सक्ने छन् । गो फण्ड आफैंमा पारदर्शी माध्यम भएकाले पनि रकम संकलन सुरु गरिएको छ । यसमा संकलित रकम निम्म कार्यक्रमहरुमा जाने छ :-

– कोरोना संक्रमित राखिएका अस्पताल बिरामी कुरुवाका लागी निशुस्ल्क खाना व्यवस्था गर्ने।

– माक्स तथा sanitizer वितरण गरिने – अस्पतालमा एकदमै भिड बढेको कारण र बिरामी कुरुवालाई यातायात बन्द भएको कारण आवातजावत गर्नमा समस्या भएको कारणले बिरामी कुरुवालाई बस्ने ठाँउको व्यवस्था गर्ने।

– आर्थिक अवस्था कमजोर भएका बिरामीलाई आवश्यक अक्सिजन सिलिन्डर निस्शुल्क वितरण गर्ने ।

– गरिब ,मजदुर, सडक बालबालिका, घरबार बिहिनहरुलाई निशुल्क खान खुवाउने र खाद्यान वितरण गरिने छ ।

CLICK  HERE ON LOGO  FOR DONATION

error: Content is protected !!