बौद्धिक, लगनशिल र नेतृत्व क्षमताका एक उदाहरण- तिलक केसी [ अध्यक्ष पदका उम्मेदवार – एनआरएनए अमेरिका निर्बाचन २०२१ – २०२३ ]

NRNA NEWS
2021 May 15

सुष्मा देवकोटा

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनका लागि अध्यक्ष पदको दावेदारीमा देखिएका तिलक केसी बौद्धिक, लगनशिल र नेतृत्व क्षमताका एक उदाहरणका रुपमा देखिएका छन् । बर्तमान बोर्ड अफ डाईरेक्टर केसीले आफ्नो औपचारिक उमेद्वारी घोषणा गरेर एनआरएनए अमेरिकाको आशन्न निर्वाचन (२०२१-०२३ ) का लागि एनसीसी अध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेर चर्चामा आएका सामाजिक अभियन्ता हुन् ।

तिलक केसी सन् १९६७ मा प्युठान जिल्लामा जन्मेका हुन् भने हाल उनको परिवार पोखरामा बसोवास गर्दै आएको छ । प्युठानकै जनता मा वि बाट एसएलसी पास गरेका केसीले पृथ्वी नारायण क्याम्पस पोखराबाट आईएस्सी पास गरे पछि बिएस्सीअध्ययनका लागि काठमाडौं आए । अमृत साईन्स क्याम्पसबाट बियस्सी सकेका उनले बिज्ञान संकायकै तथ्याङक शास्त्रमा त्रिभुवन विश्वबिद्यलय किर्तिपुरबाट एमएस्सी गरेका हुन् ।

झण्डै २ दशक पहिलेConcordia University मा अध्ययनका लागि अमेरिका आएका उनि नेपाल रहँदा बिद्यार्थी जीवनमा नै सफल राजनितिक र सामाजिक छवि बनाएका ब्यक्ती हुन् ।एमएसीका बिद्यार्थी रहँदा स्ववियु निर्वाचनमा सचिव पदमा निर्वाचित उनले बिद्यार्थी जीवनमा रहँदा मानव अधिकार र जन अधिकारका लागि आवाज उठाउँदा उनि धेरै पटक प्रहरीद्वारा पक्राउ समेत परेका थिए ।

अमेरिका आएको ४ बर्ष मै उनले आफ्नो ब्यवसाय सुरु गरेका केसी बिद्यार्थी राजनितीसंग निकट रहेका उनि एमएसीका बिद्यार्थी रहँदा स्ववियु निर्वाचनमा सचिव पदमा निर्वाचित भएका थिए । ७ बर्षे उच्च शिक्षा अध्ययनकालमा उनि बिद्यार्थी राजनितिका जुजारु र सक्रिय युवा मानिन्थें ।स्नातकोत्तर सकेपछि उनि लामो समय बिभिन्न पेसासंग आवद्ध रहे । त्रिभुवन विश्व बिद्यालयमै उप-प्राध्यापक रहेर केसीले तथ्याङ बिभागको जीम्मेवारी सम्हालेका थिए भने पछि पृश्वी नारायण क्याम्पस र जनप्रिय क्याम्पस पोखरमा पनि उनिले प्रोफेसरका रुपमा काम गरे ।

महिलालाई बिकासका योजनामा सहभागी गराउन सके परिवार , समाज र देशको सम्बृद्धीका बाटोहरु फराकिला हुन्छन् भन्ने मान्यतामा केसीले महिला सशक्तीकरण माध्यमा लघु क्रेडिट महिला सशक्तीकरण माध्यममा लघु क्रेडिट परियोजनामा महत्वपूर्ण योगदान पुर्याएका थिए । हाल गाउँ गाउँमा महिला बिकासमा महत्वपूर्ण मानिएको सृजना बिकाश केन्द्रको सहयोगमा स्थापित सृजना सहकारीको स्थापनाकालमा उनि प्रशिक्षक थिए जो प्रशिक्षक मात्र नभएर महिला बिकासका लागि कसरी प्रभावकारी योजनाहरु बनाउन सकिन्छ भन्नेमा मनैबाट क्रियाशिल रहे ।

 महिला बिकास सम्बन्धी एनजीओहरुमा प्रशिक्षक र बरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गरेका केसी राम्रा लेखक तथा सम्पादक पनि हुन् । भलै अमेरिकाकाको बसाईले उनिद्वारा ति समय लेखिएका कविता र खोजमुलक आर्टिकल बिरानो जस्तो लाग्ला तर उनि भित्रको कवि मन र समाजप्रतिको उत्तरदायित्व आज पनि उनि भित्र उसै गरी बसेको छ ।

आज पनि कति घरमा त्यो समय कजेलका बिद्यार्थीका लागि उनले लेखेका प्रकाशित पुस्तकहरु शुरक्षित नै होलान् । म्यानेजमेण्टका बिद्यार्थीका लागि उनिद्वारा लेखिएका पाठ्य सामग्रीमा आधारित business  mathematics र business  anthmatics नामक पुस्तकहरु प्रकाशित छन् भने केहि पुस्तकहरु उनको सम्पादनमा पनि बजारमा आएका छन् ।

तिलक केसी आजका एनआरएन अमेरिकाको नेतृत्व पदका उमेद्वार मात्र होईनन् उनी जीवनका हरेक कालखण्डमा समाज सुधार र अधिकारका लागि काम गरेका ब्यक्ती हुन् । आज पनि बेला बखत त्रिभुवन बिश्वबिद्यालयका अस्थाई र करार शिक्षकका माग र अधिकारका समाचार आईरहन्छन् सबैलाई थाहा होला नहोला, तिलक केसी त्यो अधिकारको सुनिश्चितताका लागि अस्थाई तथा करार प्राध्यापक संघका संस्थापक थिए जसले अस्थाई तथा करार प्राध्यापकको सेवा सुनिश्चिितताका लागि काम गरेका थिए । यति मात्र होईन उनि त्रिभुवन बिश्व बिद्यालयमा आंशिक प्राध्यापक आन्दोलनका पनि संस्थापक थिए ।

देशको राजनितीक अस्थिरताको समय अमेरिका आएका हुन् तिलक केसी । यसभित्र उनिलाई परेका असजिलो पनि अमेरिका आउनु पर्ने कारण हुनसक्छ भनेर अनुमान लगाउन सकिन्छ तर उनका अनुसार उनि थप अध्यनका लागि Concordia University मा अध्ययनका लागि हुन् सन् २००२ मा ।

जीवनका प्राय कामहरुमा उनि पहिलो स्थानमै नै रहेको देखिन्छ । अमेरिका आएको ४ बर्ष मै उनले आफ्नो ब्यवसाय सुरु गरे । विस्कान्सिन राज्यको मेलवाकी क्षेत्रको नेपाली समुदायमा आफ्नो निजी ब्यवसाय सञ्चालन गर्ने पहिलो ब्यक्ती हुन् । हाल उनी हिमालयन वयल तेल कम्पनीका अध्यक्ष हुन् भने उनि service stations,  convenient store, / Real estate  investment  उनिद्वारा सञ्चालित ब्यवसायहरु हुन् ।

नेपाली स्कुल संचालन समितीका संस्थापक तथा अध्यक्ष रहेका केसीले सन् २०१० नेपाली कला संस्कृती र भाषाको अस्तित्व कायम राख्नका लागि नेपाली बालबालिकालाई नेपाली भाषा अध्ययनका गराउनु पर्ने आवश्यकता महशुष गरेर उनले आफ्नै घरमा नेपाली स्कुलको स्थापना गरे । स्थानिय स्वयंसेवक सेविकाको सहयोगमा सुरु गरेको यो काम आफैंमा महत्वपुर्ण रहेको छ ।

उनले मेलवाकी क्षेत्रका नेपालीहरुका एउटै सुत्रमा बाध्न सके आपसी सहयोगको वातावरण सृजना हुनसक्छ भनेर सन् २०१२ मा उनको अध्यक्षतामा मेलवाकी नेपाली परिवारको नामक संस्थाको स्थापना गरे भने हाल नेपाली कम्युनिटी अर्गजाईजेसनमा बरिष्ठ सल्लाहाकारका रुपमा कार्यरत छन् भने बल्ड डोनर एसोसिएसन अमेरिका, विस्कान्सिन राज्यको पूर्व स्टेट कोअडिनेटर लगायतका क्षेत्रमा उनि आबद्ध रहेर काम गरेका अनुभव छन् ।

सन् २०१७ —०१९ एनआरएनए अमेरिकामा आवद्ध रहँदा उनले नेपाली उद्धमशिलतालाई अमेरिकामा प्रवद्धन गर्नमा भुमिका निभाएका केसीले सन् २०१८—०२० का लागि एसोसिएसन अफ नेप्लिज मध्य पश्चिम अमेरिका ANMA मा बरिष्ठ उपाध्यक्ष रहेर काम गरेका थिए । नेपालमा घटेका बिभिन्न दैविप्रकोपका समयमा समेत सहयोग पुर्याउँदै आएका केसीले २०७२ सालको बिनासकारी भुकम्पका समयपनि सहयोग गर्नुका साथै उनको पहलमा बालबालिकाको शिक्षका लागि दोलकाका २ वटा बिद्यालयलाई पनि सहयोग गरेका थिए ।

केसी सम्पुर्ण नेपालीको साझा संस्थाका रुपमा एनआरएन अमेरिकालाई हेरिनु पर्ने वातावरण कार्यसमितीमा रहेकाहरुले नै सृजना गर्नुपर्ने, यस अधिका कार्यकालमा रहेका जन गुनासोलाई ध्यानमा राखेर सबैको चाहना अनुरुपको एनआरएन बनाउने, नेपाली कला संस्कृतीको हस्तान्तरण नयाँ पुस्तामा गर्नुपर्ने उत्तरदाहित्व सबैका हुनुपर्ने, अन्य राज्यमा रहेका नेपालीको सहयोगमा पनि एनआरएन अमेरिका सहयोगी बन्नु पर्ने धारणा सहित चुनावी मैदानमा उत्रिएका थिए ।

एनआरएनए भावी पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सृजना आजका एनआरएनए भित्रका ब्यक्तीहरुले गर्नु पर्ने बताउँदै आएका केसीले एनआरएनए प्रवेश गर्ने सबैले सामाज सेवामा लाग्दैछु भन्ने सोचेर निश्वार्थ भावले अमेरिकामा रहेका नेपाली समुदाय र नेपालमा रहेका सबैको गाह्रो अप्ठ्यारोमा उभिन सक्नु पर्ने बताउँदै एनआरएनएप्रतिको जन विश्वासलाई आफ्नो निजी स्वर्थका लागि प्रयोग गर्न नहुने भन्दै पारदर्शी र स्वच्छ छवि भएको एनआरएनए अमेरिका निर्माण आफ्नो पहिलो प्राथमिकतामा पर्ने प्रतिवद्धता ब्यक्त गर्दै आएका छन् ।

श्रीमती सुनिता केसी, छोरा अतिस र छोरी अन्तिमाका साथ मेलवाकीमा रहँदै आएका तिलक केसीको परिवार पनि सामाजिक काममा उनको सहयोगीको भुमिकामा रहँदै आएका छन् ।

error: Content is protected !!