क्यालिफोर्निया अमेरिका / एनआरएनए अमेरिकाको आसन्न निर्वाचन २०२१-२०२३ कार्यकालको निम्ति रोशन अधिकारीले गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका मार्फत सामाजिक सेवा गर्ने हेतुले उपाध्यक्ष पदकालागि आफ्नो उम्मेदवार दिएका हुन् ।उनि सरल र सहयोगी छन् ।
नेपालदेखि नै रेडक्रस लगायतका अन्य थुप्रै स्थानिय संघ-संस्थामा रहेर काम गरिसकेको र नेपालमा एक दशक भन्दा लामो पत्रकारिता पेशामा काम गरि सकेका अधिकारीले एनआरएनए अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरै नजिक भई विभिन्न संघ संस्थामा काम गरिसकेको छन् Iएनआरएन क्यालिफोर्नियाको च्यापटर सचिव हुँदा १ दर्जन भन्दा बढि काम गरि चर्चा कमाएका अधिकारी ले सान्फ्रान्सिको मा भएको विज्ञ भेलामा आफ्नो दक्षता लाई पूर्ण रुपमा देखाउन सफल भएका थिए |हाल westRegional Committeको chair भई कोभिड-१९ को समयमा नेपाली समुदाय लाई सहयोग गर्दै आएको अधिकारी ले वर्तमान कार्य समिति को अध्यक्ष र महासचिव संग नजिक रहेर संस्था र नेपाली समुदायको लागी काम गरिरहेका अधिकारीले एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्ष पदमा बसेर अझ संस्था को कमजोरी हरू सुधारी संस्था को जग भनेको च्यापाटर हरु भएको कारण च्यापटर लाई बलियो बनाउने योजना हरू काम गर्ने बताउँछन् । बोल्न भन्दा काम गर्न रुचाउने अधिकारी सबै अध्यक्ष हरुको रोजाई हो |
एनआरएनए क्यालिफोर्निया च्याप्टरको सचिव एंव आई डि कार्ड कमिटी , हेल्प डेस्क मार्फत आफुले नेतृत्व गरेको बताउदै एनआरएनए मा आउने भावी अध्यक्षलाई सहयोग गर्ने साथै संस्था प्रती उत्तरदायित्व,पारदर्शिताको निम्ति सधै अघि बढ्ने दृढ़ताका साथ अमेरिकाबासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरु र एनआरएनए अभियान्त हरु समक्ष आफुलाई मत दिनुहुन समेत अनुरोध गरेका छन् ।