बोर्ड अफ डाईरेक्टर पदमा राजेन्द्र जोशी [ जोशी बाबु ]को उमेद्वारी : एनआरएनए अमेरिका निर्बाचन २०२१ -२०२३

NRNA NEWS
2021 Apr 27

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचन २०२१ – २३ कालागि बोर्ड अफ डाईरेक्टर पदमा राजेन्द्र जोशीले उमेद्वारी दर्ता गराएका छन् । बिगत ८ बर्षदेखी अमेरिकाको सान–फ्रान्सिस्को क्षेत्रमा रहेर सकारात्मक सामाजिक छवि बनाएका जोशी आफ्ना महत्वपूर्ण प्रतिवद्धता सहित एनसीसी अमेरिकाको बोर्ड अफ डाईरेक्टर पदको प्रतिस्पर्धामा देखिएका हुन् ।

लमजुगं जिल्लाका जोशी सन् २०१३ देखी सान फ्रान्सिसका बासिन्दा हुन् । सानै उमेरदेखी आफुमा सामाजिक सेवा भाव रहेको बताउने जोशी लामो समयदेखी एनआरएन अभियानसंग आवद्ध सामाजिक अभियन्ता हुन् ।

The white Zone संस्थामा महासचिब रहेर काम गरेको अनुभब, वे–एरियाको पुरानो संस्था न्यान्स जसले वे–एरियामा नेपाली कम्युनिटी सेन्टर बनाउने पहल गरेको थियो , सो कमिटीमा रहेर लामो समय काम गरेको अनुभव साथै नेपाली कम्युनिटी सेन्टर निर्माणका लागि आर्थिक सहयोग लगायतका सामाजिक जिम्मेवारीसंग जोडिएका जोशीको व्यक्तिगत पहलमा २०१७ मा Miss Nepal California प्रोगाम सम्पन्न भएको थियो जुन वे–एरिया क्षेत्रकै अहिले सम्मको बृहत मध्यको एक प्रोगाम हो ।

नेपाली कला संस्कृती, भाषा र पहिचानका सवालमा संधै क्रियाशल देखिदै आएका उनको पहलमा आयोजित मिस नेपाल क्यालिफोर्निया आयोजित यस समारोहका लागि नेपालबाट मिस नेपाल साथै भारतिय कलाकारहरु समेतको उपस्थिती रहेको थियो ।

मिस नेपाल २०१९ की फष्ट रनर अप रोज लामा तिनै सुन्दरी हुन् जसले यहि मिस नेपाल क्यालिफोर्नियाको ताज जितेकी थिईन् ।

बिभीन्न टाक्स फोर्समा रहेर काम गरेको अनुभब साथै सबै साथी हरू र अग्रज हरूले पनि संस्था भित्रै रहेर काम गर्न सल्लाह र सुझावको आधारमा आफुले उमेद्धारी घोषण गरेको बताउने जोशी युवा पुष्ताको प्रतिनिधीत्व गर्न सक्ने र अग्रज हरूसंगै हिड्न सक्ने खुबी भएका ‘जोशी बाबु’ नामले परिचित युवा अभियन्ता हुन् । युबा पुस्तालाई आफ्नो पे चेक आफै काट्नु पर्छ भनेर हौसला दिने र सियर मार्केटमा सबैको पहुच हुनुपर्छ भन्ने व्यक्तिगत चाहना समेत लिएर बोर्ड अफ डाईरेक्टर पदमा देखिएका प्रत्यासी राजेन्द्र जोशी यस पदका अर्का बिजयको संभावना बोकेका उमेद्वार हुन् । बाँकी मतदाताको उनिप्रतिको विश्वासको मतले नै निर्धारण गर्ने कुरा भएकाले निर्वाचन पछिको मत परिणाम कुनैपर्ने हुन्छ ।

error: Content is protected !!