गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनमा क्यालिफोर्नियाका सामाजिक अभियन्ता राजन अधिकारीले पनि उमेद्वारी दर्ता गराएका छन् । लामो समयदेखी क्यालिफोर्निया स्थित लस एन्जलस निवासी अधिकारीले एनआरएनए अमेरिकाको आशन्न निर्वाचन २०२१-०२३ का लागि बोर्ड अफ डाईरेक्टर पदमा उमेद्वारी दर्ता गराएका हुन् ।
नेपालको गोर्खा जिल्ला घर भै लामो समयदेखी अमेरिकामा रहेका अधिकारी नेपाली साहित्य तथा लेखन कर्म संग समेत जोडिएका ब्यक्ती हुन् । आत्मिय, मृदुभाषि, स्पष्ट र पारदर्शी सामाजिक छवि तथ नेतृत्व क्षमताका उनि ‘समाबेसी र साझा एनआरएनए आजको अपरिहार्यता’ नाराका साथ चुनावी मैदानमा देखिंदै गरेका युवा उमेद्वार हुन् ।
अधिकारीले एनआरएनएका सबै उम्मेदवारहरु प्रति आफु सार्वजनिक रुपमा तटस्थ रहेको र सदस्यको नाताले आफुले मन खाएको उम्मेदवारहरुलाई साथ, सहयोग निरन्तर रहने बताउँदै अत्यन्त सहयोगी र सामाजिक काममा सक्रिय रहेर पनि पदबाट सधै टाढा बस्न रुचाउने, अनियमितता र संस्थागत बेथिति प्रति सुन्य सहनशीलता राख्ने र खरो उत्रने ब्यक्तीका रुपमा परिचित सामाजिक अभियन्ता हुन् ।
