गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनमा एनसीसी बोर्ड अफ डाईरेक्टर पदमा क्यालिफोर्नियाका ज्ञानेन्द्र गुरुङले उमेद्वारी घोषणा गरेका छन् । गुरुङले आफ्ना मुख्य प्रतिवद्धता सहित आसन्न निर्वाचन (२०२१-०२३) का लागि एनसीसी बोर्ड अफ डाईरेक्टर पदमा उमेद्वारी सार्वजनिक गरेका हुन् ।
लामो समयदेखी क्यालिफोर्नियामा रहेर सामाजिक अभियानमा आवद्ध गुरुङ नेपालीका लागि नेपाली संस्थागत मुल प्रतिवद्धतामा रहेर यस निर्वाचनमा देखिएका सामाजिक अभियन्ता हुन् । बिगत १७ बर्ष देखी अमेरिकामा रहेर सामाजिक रुपमा क्रियाशिल छवि स्थापित गर्न सफल गुरुङ पछिल्ला दिनहरुमा चुनावी अभियानमा सहभागी रहँदै आएका छन् ।
उमेद्वारको हार जित स्वभाविक भएको बताउने उनि आफ्नो सेवाको दायरा अझ फराकिलो बनाएर नेपाली समुदायका लागि पारदर्शी, सेवामुलक र सकारात्मक गरिमा बोकेको एनआरएनए निर्माणका लागि आफ्नो उमेद्वारी सार्वजनिक गरेको बताउने गुरुङ अमेरिकामा नेपाली पहिचान र अस्तित्व स्थापनाका आवाज उठाउँदै आएका ब्यक्तीका रुपमा पनि चिनिन्छन् ।