बोर्ड अफ डाईरेक्टरमा श्रीकृष्ण गौतमको उम्मेदवारी घोषणा

NRNA NEWS
2021 Apr 07

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आशन्न निर्वाचन (२०२१ -०२३) का लागि सामाजिक अभियन्ता श्री कृष्ण गौतम पनि उमेद्वारका रुपमा आएका छन् । अमेरिकाको वाको सिटीमा रहेर सामाजिक कार्यका सक्रिय गौतमले एनसीसी बोर्ड अर्फ डाईरेक्टर पदमा आफ्नो उमेद्वारी घोषणा गरेर यतिवेला सामाजिक संजाल मार्फत आफ्नो चुनावी सक्रियता अघि बढाईरहेका छन् ।

सबैको आवाज समेट्ने एनआरएनए निर्माणलाई मुख्य प्रतिवद्धताका रुपमा अघि सारेका गौतम १७ बर्ष पहिले अमेरिका आएका थिए । गुल्मीको दरवार गाउँ पालिका घर भएका उनि लामो समय ह्वस्टन बसेर वाको आएकाले उनका समर्थक यि दुवै क्षेत्रवाट हुने देखिन्छ । पेसाले ब्यवसायि उनि यि दुवै क्षेत्रका ब्यवसायिक र सामाजिक छवि भएका ब्यक्तीका रुपमा चिनिन्छन ।

गुल्मी समाज नेपालका संस्थापक सचिव भएर ४ बर्षे कार्यकाल सम्हालेका गौतम यस संस्थाका आजिवन सदस्य पनि हुन् । नेपाल अमेरिका पत्रकार संघ नेजामा समेत २ बर्ष काम गरेका उनि नेपाल सरकारको अधिकृत स्तरको सेवामा आवद्ध रहेका थिए । पशुपती मन्दीर ह्विस्टन र नेपाली मन्दिर डालसका टस्टी समेत रहेका उनले त्रिभुवन विश्व विद्यालयबाट एमएड स्नातकोत्तर गरेका हुन् भने एसोशियट डिग्री ह्विस्टनमा रहँदा आईटीटीबाट लिएका हुन् ।

निर्वाचन लक्षित छलफल र सुझावको आधारमा बोर्ड अफ डाईरेक्टर पदका लागि उमेद्वारका रुपमा चुनावी मैदानमा देखिएका उनलाई टेक्सासका दुई सिटी हुस्टन र वाकोमा ब्यक्तीगत, संस्थागत र सामुदायिक रुपमा पनि धेरैले बौद्धिक र मिलनसार छवि भएका नेपालीका रुपमा चिनिन्छन् । यस कारण पनि उनलाई यि दुई सिटीबाट राम्रो समर्थन मिल्न सक्ने देखिन्छ । आफु निकट बौद्धिक बर्गसंगको छलफल र सल्लाहका आधारमा उमेद्वारी दिएको बताउने गौतमले एनआरएनए जस्तो वृहत सामाजिक संस्थामा आवद्ध हुनसके अझ बढी सामुदायिक सेवाको दायरा बढाउन सकिने महसुस गरेर एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निवार्चनमा बोर्ड अर्फ डाईरेक्टर पदमा उमेद्वारी दिने निर्णय गरेको बताएका छन् ।

error: Content is protected !!