गैर आवासिय नेपाली संग एनआरएनए अमेरिकाका अध्यक्ष पदका उमेद्वार कृष्ण लामिछानेले आफुलाई बिश्वास गरेका मतदाताको शिर निहुरिन नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् । आईतबार टेक्सासको डालसस्थित नेपाली मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले एनआरएनए अमेरिकाको नेतृत्वका लागि आफुलाई रोजेका मतदाताको योगदानको लाज राख्ने बताएका हुन् ।
नेपाल मन्दिरका संस्थापक सभापति मुरली अधिकारीको सभापतित्वमा सम्पन्न चुनाव लक्षित यस अन्तरक्रिया तथा भेटघाट लामिछानेको अहिले सम्मकै बृहत कार्यकम हो जसमा आईसीसी, एनसीसी, च्याप्टर, क्षेत्रीय लगायतका जिम्मेवारीमा रहेका एनआरएनए संवद्ध पदाधिकारी तथा नयाँ उमेद्वार, टेक्सास साथै बिभिन्न राज्यका सामाजिक अभियन्ता, नेपाली समुदायका प्रतिनिधी तथा संचारकर्मी र टेक्सासमा रहेका उनेका समर्थकको बाक्लो उपस्थिती रहेको थियो ।
निर्वाचनको संघारमा आफ्नै गृह राज्यमा आयोजित यस कार्यक्रममा लामिछानेले नेपाली धर्म, संस्कृति, भाषा, अस्तिस्व, भातृत्व लगायतका बिषयमाथी बोल्दै अमेरिकामा रहेका सम्पूर्ण नेपाली र मातृभूमि नेपालप्रतिको कर्तव्यमाथी बलियो भिजन सहितको तर्क पेस गरेका थिए ।
आइसीसी सचिव गौरीराज जोशी, आइसीसी सल्लाहाकार हरिबोल भण्डारी, कांग्रेस नेता विष्णु सुवेदी। रा.प्र.पा.का सह-महामन्त्री प्रेम श्रेष्ठ, नेजस नेताहरु गुप्तराज जोशी, उज्जवल खत्री, आइसीसी सदस्यहरु होमनाथ गौतम, यमुना भट्टराई, लगायतले शुभकामना सहित लामिछानेको खुलेरै समर्थन गरेका थिए ।
हाल सम्मकै बृहत कार्यक्रका रुपमा हेरिएको यस अन्तरक्रियामा कार्यक्रममा आइसीसी सदस्यहरु होमनाथ गौतम, यमुना भट्टराई, एनआरएन संवछ तथा सामाजिक अभियन्ता तथा नयाँ कार्यसमिती उमेद्वार उमा कार्की थापा, बिकास उप्रेती, द्रोण गौतम, सुनिता कंडेल सापकोटा, दिक्षा बस्नेत, सुनिता खत्री, सुनिता कंडेल सापकोटा, पूर्ण बानियाँ, अमृत सापकोटा, हरिहर विरही, बिजय ओम गुरुङ्ग, सञ्जय थापा, रामबाबु पाण्डे, लाक्पा ग्याल्मो, चन्द्र लामा लगायतका ब्यक्तीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।