प्राणि जगत कि आमा र नेपाल आमा प्रति समर्पित पहिलो नेपाली चलचित्र आमा कै आमा अभिनित पहिलो भिडियो ”आमा मेरी आमा ”

NRNA NEWS
2021 Apr 20

शनिवार S3K Entertainment च्यानलबाट आमा मेरी आमा बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । नेपाली सैन्य युवाको कथालाई अत्यन्त भावुक र सुन्दर शैलीमा चित्रण गरिएको यस गीतको बोल हो ‘आमा मेरी आमा’ । ६० को दशकबाट निरन्तर चर्चामा रहेका गीतकार तथा संचारकर्मी लोकराज अधिकारीले रचना गरेको यो गीतमा पछिल्लो समयकी लोकप्रिय गायिका रचना रिमालले आवाज भरेकी छन् । संगीत तथा संगीत संयोजन राजेन्द्र बजगाइको रहेको यस गीतको भिडियो आकर्षक शैलीले निर्माण गरिएकाले छ ।

गीतको मर्म र मुर्छनालाई ध्यानमा राखी अडियो भिडियो युनिटकै संलग्नतामा निर्माण भएको भिडियो भएकाले पनि कलाकारहरुले आ-आफ्नो भूमिकालाई कुशलता पूर्वक निर्वाह गरेका छन् । जसले गर्दा भिडियोमा केन्द्रिय पात्र र अन्य पात्रबिच भिन्नता देखिंदैन । सबैको अभिनय बलियो भएकाले पात्र स्वयंले आफ्नो भूमिकालाई केन्द्रिय भूमिकामा उभ्याउन सफल यस गीतमा नेपालकी पहिलो नायिका भुवन चन्द आमाको भूमिकामा रहेकी छन् । उनकी छोरीको चरित्रमा रहेकी कमला दाहाल आर्मी अफिसरका रुपमा देखिएकी छन् , कथा यि दुई पात्रमा बिषेश केन्द्रित पक्कै देखिन्छ तर सैन्य टिममा रहेका यि युवतीका सिनियर र सोही पदका सैन्य सहकर्मीको भूमिका गीतकार अधिकारी स्वयं पनि देखिएका छन् यस अघि पनि बिभिन्न भूमिका देखिएका उनलाई सैन्य अफिसरको यो भूमिका अझ राम्रो सुहाएको भिडियोमा देख्न सकिन्छ ।

यस गीतको भिडियोमा देखिएका अर्का सैन्य युवा हुन् । श्री देव भट्टराई । २०६० सालमा भाईमारा चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा औपचारिक प्रवेश गरेका उनि नयाँ पुराना दुवै कलाकर्मीले रुचाएका कलाकार हुन् । सुकुल गुण्डा, बिरानो माया, चाल छल, कुहिनेटो लगायतका चलचित्रमा अभिनय गरेका भट्टराई सफल र चर्चित गीतहरुको म्युजिक भिडियोमा अभिनय गरेका कलाकार हुन् भने चर्चा बाहिर रहेका गीतहरुमा समेत उनको अभिनयको छवि सकारात्मक छ ।

भिडियोमा यस गीतका संगीतकार राजेन्द्र बजगाइ र कोरियोग्राफर केशव राज भट्टको पनि अभिनय रहेको छ । संगै बाल कलाकार मेरी आमा बोलको गीत, स्वर रचना रिमाल, शब्द लोकराज अधिकारी, संगीत तथा संयोजन राजेन्द्र बजगाइ, निर्देशक प्रकाश धिताल, कोरियोग्राफर केशव राज समाईरा थापा, प्रान्जल धिताल, आर्या कोईराला र सृजा नेपालको अभिनय पनि देख्न सकिन्छ ।

प्रकाश धितालको निर्देशनमा निर्माण भएको भिडियोलाई बुद्ध थापाले छायांकन र बिकाश दाहालले सम्पादन गरेका हुन् ।

कथाले केन्द्रिय भूमिका दिएको कमला दाहालको अभिनयले आमा र छोरी बिचको आत्मियतालाई धेरै पटक दोहोर्याए पनि यस गीतले नेपाली छोरीको आत्मविश्वास र छोरा बरावरको मानसिक र पेसागत हैसियतलाई पनि प्रस्तुत गरिएको छ । समग्रमा गीत राम्रो बनेको छ । अविभावक र सन्तानबिचको सम्बन्धको महत्व बोकेको यो गीत सन्देस मुलक गीत पनि हो ।

error: Content is protected !!