न्यु योर्कमा अध्यक्ष पदका उम्मेदवार लामिछानेसंग अन्तरक्रिया कार्यक्रम हुदै

NRNA NEWS
2021 Apr 23

न्यूयोर्क – आसन्न एनआरएनए अमेरिकाको निर्वाचनको दौरानमा आफ्नो प्रचार त्यहाँ भेटघाट कार्यक्रममा ब्यस्त रहेका एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछाने, वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी कृष्णजिबी पन्थ, महासचिव पदका प्रत्यासी बिनोद भट्ट, उपाध्यक्ष पदका प्रत्यासीहरु बिकास उप्रेती, चन्द्र लामा, प्रबिण केसी, पूर्णचन्द्र बांनिया, सचिव पदका उमेद्वार द्रोण गौतम, महिला सचिव पदकी उमेदवार सुनिता कडेंल सापकोटा, सह-कोषाध्यक्ष पदका उमेदवार बिकल ढकाल, आईसिसी सदस्य पदका उमेद्वार राबाबु पाण्डे, बोर्ड सदस्य उमेद्वारहरु राजन अधिकारी, ज्ञानेन्द्र गुरुङ्ग लगायतका प्रत्यासीहरु न्यूयोर्क पुग्दैछन ।

भर्जिनिया र बाल्टिमोरको सफल कार्यक्रम पश्चात यो सप्ताहन्तमा धेरै नेपालीहरुको बसोवास रहेको र संसारकै प्रमुख ब्यापारिक केन्द्र न्यूयोर्कको कार्यक्रमलाई सफल र भब्य बनाउन न्यूरोर्कमा लामिछाने जिताऔं अभियानका सदस्यहरु लागिपरेको बताईएको छ । एनआरएनए आईसिसी सदस्य पदका उमेदवार रविन बज्राचार्य, सामाजिक अभियान्ता प्रदिप श्रेष्ठहरु लामिछनेको यो कार्यक्रमलाई भब्य बनाउन खटिरहेका छन ।

अबको करिब एक महिना पछी हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि भोली न्यूयोर्क र ईस्टकोस्ट क्षेत्र वरपरबाट लामिछाने समुहका सहयोगीहरु र शुभेच्छुकहरुको ठुलै जमघट हुने बताईएको छ । न्यूयोर्कको भेटघाट कार्यक्रमको समापन लगत्तै लामिछाने समुह न्यू ईङंल्यान्ड क्षेत्रतर्फ सामुदायिक भेटघात र अन्तर्कृयाका लागि हिंड्ने जनाईएको छ ।

समाचार : [ खुल्लामंच डट कम ]

error: Content is protected !!