टेक्सासको नेपाली मन्दिरबाट आफ्नो औपचारिक उमेद्वारी घोषणा गरेर चुनावी अभियानमा निस्केका एनसीसी अमेरिका अध्यक्ष पदका प्रत्यासी डा अर्जुन बन्जाडेले आईतबार क्यालिफोर्निया जाने भएका छन् । आशन्न निर्वाचन (२०२१-०२३) का नेतृत्व प्रत्यासी डा बन्जाडेले आईतबार क्यालिफोर्नियाको लस एन्जलसमा आफ्ना मतदाता, एनआरएनए र सामाजिक संघ संस्था संवद्ध ब्यक्ती तथा सञ्चारकर्मीलाई भेट्ने भएका हुन् ।
अप्रिल ११ आइतबार साँझ ७ बजेबाट सुरु हुने भेटघाट कार्यक्रम क्यालिफोर्नियाको Everest Cuisine 2075 E Orangethorpe Ave Placentia, CA 92870 मा राखिएको छ । यस बिषयमा डा. बन्जाडेले जारी गरेको वक्तब्यमा उल्लेख भए अनुसार सो भेटघाटमा उनले बर्तमान कार्यसमिती बरिष्ठ उपाध्यक्ष पदमा रहँदाका अनुभव सहित नयाँ कार्यसमिती नेतृत्वका लागि आवश्यक सुझाव, सो क्षेत्रमा रहेका नेपाली समुदायका समस्या र गुनासा संकलन तथा चुनाव लक्षित छलफल गर्ने छन् । उनले भनेका छन् ‘२०२१- २३ को निर्वाचनको चुनावी प्रचार प्रसार अभियानको सिलसिलामा अप्रिलको दोस्रो हप्ता म क्यालिफोर्नियाको लस एन्जलसमा आउँदै छु । यसै क्रममा एनआरएनए अमेरिकाको मेरो संलग्नतासँग सम्बन्धित प्रश्न\उत्तर, २०१९-२१ को कार्यकाल का मेरा अनुभवहरू र यहाँहरू को मूल्याङ्कन सुझाव, तथा मेरा आगामी कार्य योजनाका बारेमा यहाँहरूका कुरा सुन्न आतुर छु । विगतमा जस्तै यहाँ हरू को साथ सहयोगको अपेक्षा राख्दै निम्न समय र स्थानमा हुन गइराखेको अन्तरक्रिया कार्यक्रममा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु ।’
अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा मतदाता, सामाजिक सेवा संवद्ध नेपाली संस्थाका प्रतिनिधी, बर्तमान कार्यसमिती तथा नयाँ कार्यसमिती उमेद्वारको सहभागीता रहने बताईएको छ । कोभिड पेण्डामिकको जोखिमबाट सुरक्षित रहन यस कार्यक्रममा सहभागीहरुलाई माक्स अनिवार्य गरिएको यस प्रतक्ष्य उपस्थिती सहितको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा मतदाता, सामाजिक सेवा संवद्ध नेपाली संस्थाका प्रतिनिधी, बर्तमान कार्यसमिती तथा नयाँ कार्यसमिती उमेद्वारको सहभागीता रहने बताईएको छ ।
टेक्सास निवासी डा. बन्जाडे नयाँ कार्यसमिती निर्वाचनका लागि नेतृत्व पदमा देखिएका बलिया प्रत्यासी हुन् । अघिल्लो निर्वाचनमा नै संभावित अध्यक्षका रुपमा हेरिएका उनले बर्तमान एनसीसी अध्यक्ष सुनिल शाहलाई समर्थन गर्दै निर्वाचनको संघारमा आएर आफ्नो अध्यक्ष पदको उमेद्वारी फिर्ता लिएका लिएर बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।
हार्दिक निमन्त्रणा ! स्वागतम !————————————आदरणीय क्यालिफोर्निया बासी नेपाली दाजु भाइ दिदी बहिनीहरू तथा एनआरएनए सदस्य ज्यु हरू, सहयोगी मित्रहरू!हाम्रो साझा र आधार संस्था गैर-आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न २०२१/२३ को निर्वाचनको चुनावी प्रचार प्रसार अभियानको सिलसिलामा अप्रिलको दोस्रो हप्ता म क्यालिफोर्निया को लस एन्जलस मा आउँदै छु ! यसै क्रममा एन आर एन ए अमेरिकाको मेरो संलग्नतासँग सम्बन्धित प्रश्न-उत्तर, २०१९-२१ को कार्यकाल का मेरा अनुभवहरू र यहाँहरू को मूल्याङ्कन सुझाव, तथा मेरा आगामी कार्य योजनाका बारेमा यहाँ हरू का कुरा सुन्न आतुर छु । विगतमा जस्तै यहाँ हरू को साथ सहयोगको अपेक्षा राख्दै निम्न समय र स्थान मा हुन गइराखेको अन्तरक्रिया कार्यक्रममा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु ।धन्यवाद !
मिति : April 11, 2021 Sundayसमय : बेलुका 7 :00 बजेस्थान : Everest Cuisine2075 E Orangethorpe AvePlacentia, CA 92870
तपाईँहरूकोडा. अर्जुन बन्जाडेगैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अमेरिकाआसन्न निर्वाचनको अध्यक्ष पदको प्रत्याशी