नेपालीहरुको हक हित, नयाँ पुस्तालाई नेपालसँग जोड्न र सस्थागत परिवर्तन तथा सुधारको लागि मेरो उम्मेदवारी हो -कमल सापकोटा [ उम्मेदवार बोर्ड अफ डाइरेक्टर ]

NRNA NEWS
2021 May 04

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा कमल सापकोटाले बोर्ड अफ डाईरेक्टर पदमा उम्मदेवारी दिनु भएको छ ।

सापकोटाले गैर आवासीय नेपालीहरु सबैको साझा एनआरएनए बनाउनको लागि आफूले बोर्ड अफ डाईरेक्टर पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

अमेरिकामा इमानदार र सामाजीक छवी राम्रो बनाउनु भएको सापकोटाले गैर आवासीय नेपालीहरुको हक हित, नयाँ पुस्तालाई नेपालसँग जोड्न र सस्थागत परिवर्तन तथा सुधारको लागि पनि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

विगत१५ वर्षदेखि डिएफडब्ल्यू मेट्रोफ्लेक्स सेवा दिदै आउनुभएको सापकोटाले आफूले सबैको साथ सहयोग पाउने विश्वास ब्यक्त गर्नुभएको छ ।

error: Content is protected !!