गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नेतृत्व प्रत्यासी कृष्ण लामिछानेले संस्थागत कमजोरीप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । लामिछानेले राष्ट्रीय समन्वय परिषद अमेरिका फेरी पनि हिजोकै जस्तो समस्या र झमेलाहरुको दलदलमा फस्दै गएकोप्रति गम्भीर आशंका जन्मिएको बताएका हुन् ।
आशन्न निर्वाचन (२०२१-०२३) को उमेद्वारी तालिका सार्वजनिक भए लगत्तै आएको लामिछानेको यस वक्तब्यमा कुनैपनि संघ संस्थाको नयाँ नेतृत्व चयनको लागी निर्वाचन तालिका प्रकाशित हुनुपुर्व त्यस संस्थाको कुल सदस्यता (मतदाता) संख्या निर्क्यौल हुनुपर्ने सामान्य सर्त भएको उल्लेख गर्दै अमेरिका जस्तो प्रबिधीको बिकास भएको देशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए अमेरिका एक पटक होईन, पटक पटक उस्तैउस्तै अल्झनहरुमा फस्न चाहानु र खोज्नु नियत हो की ? नियती वा कसैको अनाबश्यक स्वार्थ ? भन्ने प्रश्नलाई समेत अघि सारेका छन् ।
संस्थाको प्रभावकारीतालाई बलियो बनाउन पारदर्शिता अपरिहार्य रहेको प्रस्ट पार्दै प्रत्यासी लामिछानेले एकातिर बिधी र पद्धति संगत गठन भएको सदस्यता भेरिफिकेशन समितिबाट आजसम्म नामावली भेरिफिकेशन सम्बन्धी काम पुरा नहुनु र अर्कोतर्फ त्यसबाट भेरिफाई भई आएको सदस्यताको बारेमा अन्तराष्ट्रीय समन्वय परिषदद्धारा गठित भेरिफिकेशन समितिले भेरिफाई गर्न बाँकी नै हुँदा पनि जबरजस्त दुष्नियतका साथ बिना मतदाता नामावली निर्वाचनको कार्य तालिका प्रकाशित गरेर निर्वाचन आयोगले हाँस्याँस्पद काम भएको धारणा राखेका छन् ।
लमिछानेले यस बिषयमा केही मिडियाहरुमा आएको शंकास्पद समाचार सन्धर्वलाई समेत जोड्दै लामिछाने अमुक स्थानमा संस्थाको संरक्षक, प्रमुख निर्वाचन आयुक्त र आसन्न निर्वाचनको अध्यक्ष पदको एक प्रत्यासी साथै आफुलाई बौद्धिक ठान्ने ब्यक्तिहरु बिचको भेटघाटको परिणाम स्वरुप यस बिषयलाई अति चिन्ताको साथ हेरेको वताएका छन् ।
निर्वाचनको मैदानमा होमिएपछि मतदाताहरुका मतको सम्मान गरेर हार जित स्वकार्नु पर्ने बताउँदै उनले प्रकृया पुरा नगरी हचुँवाको भरमा जबरजस्त गर्न खोजिएको निर्वाचनको कुनै औचित्य नहुने स्पष्ट पारेका छन् ।
लामिछानेले यस्ता गलत मनासयबाट ग्रसित प्रबृत्तिहरुको बिरुद्ध लड्न कै लागी आफु यस निर्वाचनमा होमीएको बताउँदै आफुलाई पदिय लोभ भन्दा यस्तै बेथीती र कमजोरी सुधारका निम्ती चुनावी मैदानमा उभ्याउनु परेको समेत उल्लेख गरेका छन् । उनले भनेका छन् ‘मेरो ध्येय कुनैपनि बाहनामा अध्यक्ष बन्नु किमार्थ होईन, संस्थालाई संस्थागत र पारदर्शिता बनाउनु मेरो पहिलो कर्तव्य हो। म मेरो कर्तव्य यो कर्तव्यका प्रति पुर्णत बफादार र अटल छ ु। म यथाशीघ्र बिधान र बिधिले निदृष्ट गरेको सबै प्रकृयाहरु पुरा गरिसकेपछि मात्र अगाडी बढ्न निर्वाचन आयोगलाई यसै मार्फत हार्दिक अनुरोध गर्दछु । ‘
२ दशक देखी अमेरिकामा सक्रिय छवि बनाएका कृष्ण लामिछाने अव हुने निर्वाचनमा अध्यक्ष पदका बलिया प्रत्यासी हुन् । निर्वाचन तालिका सार्वजनिक भएसंगै आएको उनको यस अभिब्यक्तीले साँच्चै नै एनआरएनए अमेरिकाले संस्थागत र नेपाली समुदायप्रति सचेत हुनुको साटो केवल चुनाव सम्पन्न गर्ने पुरानै कमजोरी फेरी पनि दोहोर्याउँदै छ भन्ने प्रतित भएको छ ।