नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोह छोडी अमेरिका गइबसेका ब्राजिलका निवर्तमान राष्ट्रपति जैर बोल्सोनारोले ब्राजिलमा उनका समर्थकहरूले मच्चाएको दङ्गामा आफ्नो हात नभएको भन्दै त्यसलाई शान्तिपूर्ण प्रदर्शन भनेका छन् ।
अक्टोबरमा सम्पन्न निर्वाचनबाट त्यहाँका लोकप्रिय वामपन्थी नेता लुइस इनासिओ लुला डा सिल्भाले चुनाव जितेपछि पहिलो जनवरीमा उनको शपथ ग्रहण समारोहमा सरिक नभई बोल्सोनारो अमेरिका उडेका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको जितलाई संसदभवनमा अनुमोदन गर्ने कार्यलाई बिथोल्न त्यतिखेरका पराजित राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले संसदभवनमा आक्रमण गरेजस्तो जनवरी एकका दिन बोल्सोनारोका समर्थकहरूले नगरेपनि आइतबार त्यस्तै दङ्गा उत्पन्न गरेका हुन् । ब्राजिलका राजधानीमा भएको सो दङ्गा बोल्सोनारोले आफ्ना समर्थकहरूबाट गर्न लगाएको आरोप राष्ट्रपनि लुलाले लगाएका छन् ।
लुलाको त्यो आरोपलाई बोल्सोनाराले अस्वीकार गरी यसमा आफ्नो हान नभएको बताएका हुन् ।
निवर्तमान राष्ट्रपति बोल्सोनारोले लुलाको आरोपको प्रत्यारोपमा भने “लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन कानुनसम्मत हुन्छ ।” ट्विटरमा भनेका छन् ।
ब्राजिलका अधिकारीहरूले दङ्गा गर्नेहरूको नियन्त्रणमा रहेका सरकारी भवन आफ्नो नियन्त्रणमा लिएका हुन् ।
बोल्सोनोरोले दङ्गाको लागि आफू माथि ब्राजिका बहालवाला प्रमुख कार्यकारीद्वारा बिना प्रमाण लगाइएको आरोपहरूको इन्कानर गर्दछु, भनेका छन् । राष्ट्रपति लुलाले दङ्गाप्रति प्रतिक्रिया जनाउँदै भनेका थिए “ सामाजिक सञ्जालको उपयोग गरी मियामीबाट आमसंहारवादीले दङ्गालाई प्रोत्साहन गरिरहेका छन् ।” बोल्सोनारोले शपथ ग्रहणमा सरिक नभई अमेरिकाको मियामी उडेका थिए ।
साथै उनले अभूतपूर्व हिंसाका जिम्मेवारहरूले कानुन बमोजिम हुनुपर्ने कारबाही बेहोर्नुपर्ने बताए ।
बोल्सोनारोका समर्थकहरूले दङ्गा गरिरहेका बेला इलेक्ट्रोनिक मतदान प्रक्रियाबाट खुला धाँधली भएको आरोप लगाएका थिए ।