मेरो विजयको आधार भनेको तपाईहरूले देखाउनु भएको सहानुभूति र सदभाब नै हो – नारायण कंडेल

NRNA NEWS
2021 Apr 20

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचन (२०२१-०२३) का लागि आईसीसी सदस्य पदका लागि नारायण कंडेलले उमेद्वारी दिने भएका छन् । लामो समयदेखी अमेरिकामा रहेर समाजिक कार्यमा क्रियाशिल कंडेलले नयाँ कार्यसमिती निर्वाचनमा आईसीसी सदस्य पदका लागि उमेद्वारी दिने घोषणा गरेका हुन् ।

एनआरएनए अमेरिकाका पछिल्ला निर्वाचनमा समेत उमेद्वारीका कारण चर्चामा रहदैं आएका कंडेललाई यस निर्वाचनमा पनि कुनै न कुनै पदमा देख्न सकिने आँकलन धेरैको थियो । टेक्सासमा रहेर नेपाली समुदाय र मातृभूमिको समस्यामा संधै सक्रिय भूमिकामा देखिंदै आएका उनले आफ्नो उमेद्वारीबारे वक्तब्य जारी गरेका छन् । जसमा उल्लेख भए अनुसार कंडेलले नयाँ कार्यसमिती निर्वाचनमा एनआरएनका अग्रज अभियान्ताहरू, सहकर्मी,सहपाठी, सहयात्री र आफन्तजनको सल्लाहा, सुझाव, र समर्थनको कदर गर्दै यस निर्वाचनमा अमेरिकाबाट प्रतिनिधिीत्व गर्दै आईसीसी सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रने भएका हुन् ।

प्रत्यासी कंडेलले भनेका छन् ‘मेरो विजयको आधार भनेको तपाईहरूले देखाउनु भएको साहानुभुति,मेरो ईमान्दारीता लगनसिलता र सानै उमेर देखि सामाजिक कार्यमा कार्यकुशलता नै हो। म सामूहिक निर्णय र व्यक्तिगत जीम्मेवारीमा विश्वास गर्दछु।’

एकता, सहमति, सहकार्य र उच्च नैतिकता प्रमुख लक्ष्य बनाएर आईसीसी सदस्य पदको उमेद्वारी सार्वजनिक गरेका नारायण कंडेलले एनआरएनलाई हाम्रो भन्दा पनि राम्रो र सबै प्रवासिहरूको साझा एनआरएन बनाउने कार्यमा आफु विजय,पराजय जे भए पनि आफ्नो क्षमताले भ्याए सम्म अभियानमा आवद्ध रहेर काम गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

error: Content is protected !!