तपाईहरुको साथ् र समर्थनको खाचो छ – महिला संयोजक पदकि उम्मेदवार – सुनिता खत्री

NRNA NEWS
2021 May 26

गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको नयाँ कार्यसमिती निर्वाचन (२०२१-०२३) का लागि सुनिता खत्रीले आफ्नो उमेद्वारी घोषणा गरेकी छन् । अमेरिकाको भर्जिनियामा रहेर सक्रिय सामाजिक बनाएकी खत्रीले नयाँ कार्यसमिती निर्वाचनमा महिला संयोजक पदमा आफ्नो उमेद्वारी घोषणा गरेकी हुन् ।

परिवारमा महिला सदस्यको अत्यन्त ठुलो महत्व भएजस्तै संस्थागतरुपमा पनि महिलाको सहभागिताले महत्वपूर्व अर्थ राख्ने बताउने खत्री एनआरएनए अमेरिका यस भित्रको जिम्मेबारी महिलाहरुले पनि लिनु पर्ने धारणा सहित यस निर्वाचनमा देखिएकी सामाजिक अभियन्ता हुन् ।

भर्जिनियाको लिजबर्ग शहरमा रहेर सामाजिक कार्यमा क्रियाशिल खत्री १९९८ मा अध्ययनका लागि अमेरिका आएकी हुन् । नेपाल रहँदा पत्रकारिता र बैंकिंग क्षेत्रमा काम गरेकी उनलाई यहाँ रहेका नेपाली समुदायले बौद्धिक आत्मिय र सामाजिक नेतृत्व क्षमता भएको महिलाको रुपमा हेर्ने गरेको पाईन्छ ।

लामो समय डिसी क्षेत्रमा रहेर त्यहाँ रहेका नेपाली समुदायलाई बुझ्ने मौका पाएकी खत्रीले अमेरिकामा रहेका महिलाको अवस्थालाई पनि नजिकबाट बुझ्ने मौका पाएकी छन् त्यसैले पनि उनि प्रवासमा रहेका महिलाका समस्याको प्रतिनिधित्व आवाज बनेर आफु महिला संयोजक पदमा प्रतिस्पर्धात्मक रुपमा नै जानका लागि उमेद्वारी घोषणा गरेको बताएकी छन् ।

उनले सामाजिक संजाल मार्फत प्रवासमा रहेका हामी नेपालीहरुको अभिभावकको हैसियतमा रहेको गैर आवासिय नेपाली संघ (एनआरएनए)अमेरिका यस अर्थ पनि हाम्रो साझा घर हो । र यस भित्रको जिम्मेबारी हामी महिलाहरुले पनि लिनु पर्दछ भन्ने सोचले मैले महिला संयोजक पदमा उमेद्वारी दिने निर्णय गरेको छु भन्दै उम्मेदवारीको घोषणा गरेकी हुन ।

उनले यो उमेद्वारी मेरो मात्र उमेद्वारी होईन अमेरिकामा रहेका सबै नेपाली दिदी-बहिनीहरुको प्रतिनिधित्व उमेद्वारी हो । त्यसैले मेरो यस निर्णयमा तपाँईहरुको साथ सहयोग र सल्लाह सुझावको अपेक्षा गर्दै सवल सक्षम र समावेसी एनआरएनका निमित्त नयाँ कार्यसमिती निर्वाचन (२०२१\०२३)का लागि महिला संयोजक पदमा म आफ्नो उमेद्वारी घोषणा गर्दछु भनि सबैलाई सहयोग र साथ दिन आग्रह गरेकी छिन ।

error: Content is protected !!