ढुक्क हुनुहोस, अब को २ बर्षको समय मैले अमेरिकामा रहेका नेपाली र नेपाली समुदायको लागि खर्च गर्ने छु – कृष्ण लामिछाने

NRNA NEWS
2021 Apr 27

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष पद उमेद्वार कृष्ण लामिछानेले न्यूयोर्कको चुनावी भेटघाट तथा अन्तक्रियामा लामिछानेले नेपाली एकता र गौरवका बिषयलाई अघि सारेका छन् । अप्रिल २५ शनिवारका दिन न्यूयोर्ककोमा सम्पन्न आफ्नो चुनावी भेटघाट कार्यक्रममा उनले न्यूयोर्कमा कम्युनिटी सेन्टरको आवश्यकता औंल्याउँदै न्यूयोर्कका नेपाली बिचको आपसी सद्भाव र एकताको उदाहरणमाथी आफ्ना धारण राखेका हुन् ।

लामिछानेले कोभिड पेण्डामिकको चरम पिडाका समय न्यूर्योकवासी नेपालीले आपसमा देखाएको सद्भाव र सहयोगका कामहरु तारिफ योग्य भएको बताउँदै यति धेरै सामाजिक अभियन्ताहरु रहेको न्यूयोर्कमा आफ्नै कम्यूनिटी सेन्टर हुन सके नेपाली समुदाय लक्षित कार्यक्रम आफ्नै भवनको हलमा गर्न सकिने सकारात्मक यथार्थतालाई पनि अघि सारेका छन् ।

लामिछानेले डालसमा रहेको नेपाली मन्दिर, बाल्टीमोर र लस एन्जलसमा नेपाली कम्युनिटी सेन्टर र मन्दिरको निर्माण र संचालनका उदाहरण दिंदै सके घर नै नभएपनि जमिन किनेर राख्न अनुरोध गरेका छन् ।

कार्यक्रम गर्न तिर्ने हलको पैसा आफ्नै कम्युनिटीमा जाने हुँदा आर्थिक दृष्टीकोणले हेर्दा पनि कम्यूनिटी सेन्टर बिस्तारै सक्षम हुँदै जाने समेत सुझाव दिंदै लामिछानेले आफ्नै माटोमा निर्मित आफ्नै हलमा टेक्दा गर्व पनि महसुष हुने सत्यलाई जोड दिएका थिए ।

भावि पुस्तालाई एनआरएनएसंग जोड्न पर्ने बताउँदै उनले यहाँ रहेका नयाँ पुस्तालाई पनि एनआरएनए अभियानसंग जोड्नमा आफुले पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले नेपालका बिपत्तीले असहज अवस्थामा रहेका नेपालीलाई आफु र आफ्ना निकट साथी तथा संस्थाका माध्यमबाट सक्रिय सहयोग गर्दै आएका उमेद्वार लामिछाने आफ्नी छोरीले खाजा खर्च कटाएर गोरखामा रहेको स्कुलको लागि जग्गा किन्ने रकम संकलन गरेको प्रशंग सुनाउँदै अविभावको सामाजिक सोच सहि बनाउन सके सन्तानमा पनि त्यसको प्रवाभ देखिन सक्ने यथार्थमाथी पनि जोड दिएका छन् । उनले एनआरएनए र मातृभुमी नेपालबार नयाँ पुस्तालाई बुझाउन सकेमात्र भोली एनआरएनएले अमेरिकी सामाजिक संस्थासंग प्रतिस्पर्धा गरेर सुविधा प्राप्त एनआरएनए निर्माण गर्न सकिने तर्कलाई पनि अघि सारेका छन् ।

सवल र सक्षम एनआरएनए निर्माण गरेर संकलित रकमले जुम्ला, तेह्रदुम लगायतका दुर्गम भेगमा अमेरिकी शैलीको अस्पताल, बिद्यालय, कलेज खोल्न सके मातृभुमिको बिकासमा टेवा पुग्न सक्ने धारण सहित लामिछानेले कानुनी तवरले बिवादित रहेको दोहोरो नागरिकता दिलाउने आश्वासन भन्दा एनआरएनए कार्डका लागि पहल गर्नु निर्वाचित पदाधिकारीको पारदर्शी कर्तब्य भएका पनि बताएका थिए ।

नेपाली समाज टेक्सास एनएसटीका सभापती समेत रहेका लामिछानेको कार्यकालमा अमेरिकामा नेपाली लक्षित सबै भन्दा धेरै खेलकुद कार्यक्रमहरु भएका थिए । सो समय क्रिकेटर पारस खड्कालाई अमेरिका ल्याईएको थियो । आफ्नो जिम्मेवारीप्रति संधै सचेत र गम्भिर देखिने लामिछानेले यस प्रशंगबारे बोल्दै पारस खड्काको लागि ४० हजारको गोफण्ड संचालन गरेर उनको भाडा तथा अमेरिका बसाई खर्च निकालेको समयलाई पनि स्मरण गरेका थिए र उनकै कार्यकालमा नेपाली खेलाडी टिमले अमेरिकाको नेसनल लीगसंग खेलेर ५३ हजार डलर जितेको थियो ।

सिदान्तका आधारमा राजनितिक आस्था हुनु स्वभाविक भएको तर सामाजिक संस्थामा प्रवेस गर्दा त्यो आस्था संघारमै छोडेर प्रवेश गर्नु पर्ने बलियो तर्क अघि सारेका उनले आफुलाई विश्वास गरेका मतदाता तथा गैर मतदाता कसैको पनि शिर निहुराउनु पर्ने काम आफुले नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले अवको २ बर्ष आफुलाई साथ दिन अनुरोध गर्दै उनले यदि आफुले निर्वाचन जित्न सके २ बर्षे कार्यकालमै न्युयोर्कमा कम्युनिटी सेन्टर बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार कृष्णजिबी पन्थ, महासचिव पदका उमेद्वार बिनोद भट्ट, उपाध्यक्ष पदका उमेद्वार हरु बिकास उप्रेती, चन्द्र लामा, प्रबिण केसी, पूर्णचन्द्र बांनिया, सचिव पदका उमेद्वार द्रोण गौतम, महिला सचिव पदकी उमेदवार सुनिता कडेंल सापकोटा, सह९कोषाध्यक्ष पदका उमेदवार बिकल ढकाल, बोर्ड सदस्य उमेद्वारहरु राजन अधिकारी, ज्ञानेन्द्र गुरुङ्ग लगायतका प्रत्यासीहरु, स्थानिय संघ संस्था र नेपाली समुदायका प्रतिनिधी तथा संचारर्मीको बाक्लो उपस्थितीका बिच सम्पन्न कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी लामिछानेले आफ्ना निर्वाचन लक्षित उदेश्य र योजनामाथी प्रतिवद्धता ब्यक्त गरेका थिए ।

टेक्सासको नेपाली मन्दिरबाट औपचारिक उमेद्वारी घोषणा गरेर चुनावी अभियानमा निस्किएका लामिछानेले यस अघि युटा, नर्थ क्यारोलाईना, भर्जिनिया लगायतका राज्य र शहरमा भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरिसकेका छन् ।

error: Content is protected !!