टेक्सास आएका एनसीसी अमेरिकाको नेतृत्व पदका दावेदार केसीलाई भब्य स्वगत तथा समर्थन

NRNA NEWS
2021 May 23

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका नेतृत्व पदका उमेद्वार तिलक केसीलाई टेक्सासमा ठुलो संख्यामा समर्थन मिलेको छ । एनसीसी नेतृत्वको दावेदारी यात्रामा रहेका केसीको शनिवार टेक्सासमा सम्पन्न चुनावी कार्यक्रम उल्लासमय सहभागिता बिच बाक्लो समर्थन सहित सम्पन्न भएको हो ।

समाजसेवी तथा ‘तिलक केसी जिताउँ अभियानका संयोजक’ भिम कार्की को सभापतित्वमा सम्पन्न कार्यक्रम टेक्सासको डालस स्थित नेपाली मन्दिरमा आयोजना भएको थियो । शनिवार दिउँसो २ बजेबाट सुरु भएको यस चुनाव लक्षित अन्तरक्रिया तथा भेटघाटका लागि उमेद्वार केसी मेलवाकीबाट टेक्सास आएका हुन् । उनलाई स्थानिय तथा एनआरएनए संवद्ध सामाजिक अभियन्ता, बौद्धिक समाज, संचारकर्मी लगायतले टेक्सासमा स्वागत गरेका थिए ।

समाजसेवी प्रदिप तिमिल्सिनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका कार्यवाहक अध्यक्ष बिकास राज न्यौपाने, एएनएका अध्यक्ष बिजयराज भट्टराई, आईसीसी सदस्य पदका उमेद्वार नारायण कणेंल, बोर्ड अफ डाईरेक्टर पदका उमेद्वार दिपक सापकोटा, युवा समाजसेबी प्रकाश अधिकारी लगायतले केसीलाई बिजयी यात्राको शुभकामना दिंदै मन्तव्य राखेको थिए ।

बिभिन्न राज्यको भ्रमण सकेर टेक्सास आईपुगेका उमेद्वार केसीले डालसको कार्यक्रममा एनआरएनए प्रतिको जनचासो, मातृभूमि नेपाल प्रतिको दाहित्व, सिन्डिकेट रहित एनआरएनए, नेपालमा लगानी निर्माणको वातावरण, भावि पुस्ताको मार्गदर्शन लगायतका महत्वपूर्ण बिषयमाथी धारणा राख्नुका साथै आफ्ना प्रतिवद्धता पेस गरेका थिए ।

कोभिड पेण्डामिकको दोस्रो लहरका कारण विपतमा रहेका नेपालीको स्मरण गर्दै र एनआरएनए अमेरिकाको पुरानो र वर्तमान शैलीलाई ईंकित गर्दै केसीले स्वस फेर्न गाह्रो भएर मृत्युसंग संघर्ष गरिरहेका नेपालीलाई बचाउन अक्सिजन सिलिन्डर नेपाल पढाउनु पर्ने बेलामा भोजभतेर गरेर भोट माग्न अरुको जस्तो आफ्नो नैतिकताले नदिने समेत बताएका थिए ।

केसीले नेपाल आमासंग भावनात्मक रुपमा मात्र होईन कर्म गरेर देखाउने र नेपालका जनताको बिपतामा संधै साथ दिन सक्ने बर्तमान र भावि एनआरएनए निर्माणको प्रतिवद्धता ब्यक्त गर्दै चुनाव जितेर आफ्नो बर्चस्व स्थापित गराउने पुरानो शैली त्यागेर सबैको साझा एनआरएनए निर्माणको परिकल्पना सहित गलत राय दिएर एनआरएनएको गरिमालाई निचो बनाउने कारकका रुपमा रहेका एनआरएनएका सल्लाहकार र संरक्षकले तुरुन्त राजिनामाको माग पनि गरेका थिए ।

बिभिन्न सामाजिक संघ संस्था तथा एनआरएनए संवद्ध अभियन्ता तथा पत्रकारहरु रामचन्द्र भट्ट,किशन रेग्मी, सन्देश उप्रेती, विनय अर्याल, दिपक श्रेष्ठ, चिरन्जीवि भट्टराई, दिपक श्रेष्ठ,भुवन आचार्य , बिनय अर्याल, प्रमोद अधिकारी, ओम भट्टराई, सीपी पौडेल , लगायतको वाक्लो उपस्थिती रहेको थियो ।

error: Content is protected !!