आईतबारबाट टिभी सन्डे ( TV SUNDAY )को औपचारिक सुरुवात हुने

NRNA NEWS
2021 Aug 28

पत्रकार किरण मरहठ्ठाले अमेरिकाबाट अनलाईन टेलिभिजन संचालनमा ल्याएका छन् । नेपाल रहँदा बाट नै टेलिभिजन पत्रकारितामा स्थापित छवि बनाएका मरहठ्ठाले आईतबार औपचारिक उट्घाटन गर्दै टिभी सन्डे (TV  SUNDAY) नामक अनलाईन टेलिभिजन अमेरिकाबाट संचालन गर्ने भएका हुन् ।

नेपाल अमेरिका पत्रकार संघ नेजाका महासचिव मरहठ्ठाले संचालनमा ल्याउँदै गरेको सो अनलाईन टेलिभिजन यतिबेला प्रत्यक्ष प्रसारणका क्रममा रहेको छ। आईतबार न्यूयोर्कको ज्याक्सन हाइट्स ७७ स्ट्रिट र ३७ एभिन्युमा अबस्थित जुईस सेन्टरको हलमा एक कार्यक्रममको आयोजनम गरी टेलिभिजन संचालन तथा प्रसारणको औपचारिक सुरुवात गर्न लागेका हुन् ।

हाल समावेशी मासिक तथा अनलाइनका समेत अमेरिकाका प्रतिनिधि रहेका मरहठ्ठा चितवनका स्थायी बासिन्दा हुन् । लामो समयबाट पत्रकारिता क्षेत्रमा क्रियाशिल उनि अमेरिका आएपछि पनि निरन्तर पेसागत कर्ममा छन् । पत्रकारिता र लेखनमा सक्रिय मरहठ्ठाको पुस्तक हु इज हु अमेरिकामा राम्रो सफलता पाएको पुस्तक हो । विश्व चर्चित फुटवल खेलाडी लियोनेल मेसीसंग निकट रहेका उनले मेसीसंग स्पेन र अमेरिकामा आफुले बिताएका क्षणबारे पनि ‘मोमेन्ट्स विथ मेसी’ नामक पुस्तक लेखनमा रहेका छन् । बार्सिलोना क्लबको डकुमेन्ट्री समेत निर्माण गरेका उनको नयाँ टेलिभिजन टिभी सन्डेले उनको लामो समयको पत्रकारिता अनुभवलाई रोचक र प्रभावकारी ढंगले प्रस्तुत गर्नेमा विश्वस्त रहेको भन्दै नेपाल र अमेरिकामा रहेका संचारकर्मी साथै बिभिन्न क्षेत्रका ब्यक्तीहरुले मरहठ्ठालाई बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् ।

error: Content is protected !!