गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनमा टेक्सास च्याप्टर अध्यक्ष पदको दावेदारीमा देखीएका युवा हुन् सन्देश उप्रेती । नेपालको झापा घर भै टेक्सासको फोर्थ वोर्थमा रहेर सक्रिय सामाजिक छवि बनाएका उप्रेती बिजयीको बलियो संभावना सहित आशन्न निर्वाचन (२०२१-०२३ का लागि टेक्सस च्याप्टर अध्यक्ष पद प्रत्यासीका रुपमा देखिएका हुन् ।
अमेरिका आएको छोटो समयमा नै आफुलाई स्थापित गर्न सफल युवा व्यवसायि समेत रहेका उप्रेती समाजसेवालाई राजनितिक र ब्यक्तीगत फाईदाका रुपमा हेर्नेहरुलाई समाजसेवी भन्न नमिल्ने तर्क सहित आएका उनि एनआरएनए अमेरिकाको युथ टाक्स फोर्सको को–चियरको भूमिकामा रहेर नेपाली बिद्यार्थी तथा युवा वर्गका समस्यामा नेतृत्वदायि भूमिकामा रहेर काम गरेका युवा हुन् ।
टेक्ससको फोर्थ वोर्थ शहरमा रहेर घर जग्गा ब्यवसायि[Realtor]संगै नेपाली हेण्डि क्राफ्ट र होटेल ब्यबसाईका रुपमा समेत राम्रो व्यवसायिक छवि बनाएका उप्रेती टेक्सास क्षेत्रमा मिलनसार, कुशल नेतृत्व क्षेमता र आफुलाई छोटो समयमा नै प्रमाणित गर्न सफल ब्यक्ती हुन् ।
युथ फोर्समा को–चियरका रुपमा रहँदा युवा र बिद्यार्थीका लागि पनि एनआरएनए छ है भन्ने वातावरण सृजना गर्नमा सधैं प्रयासरत र सफल उप्रेतीको पहलमा नेपाली बिद्यार्थीका समस्या समाधान र सुनुवाईका लागि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीसंग सहकार्यका लागि सिधा छलफल कार्यक्रम समेत भएको थियो ।
बर्तमान कार्यसमिती (२०१९–०२१) को निर्वाचनमा सचिव पदमा उमेद्वारी दिएका उनि सो समयपनि राम्रो चर्चामा रहेका थिए । यद्यपी उनि सो निर्वाचनमा पराजित भएपनि उनले आफ्नो सामाजिक भावलाई भने अझै ससक्त र बिस्तारित गर्दै लगेकाले उनलाई यस पटकको निर्वाचनमा टेक्सास क्षेत्रमा धेरैले च्याप्टरको अध्यक्षमा हेर्न चाहेको सुझावका अधारमा उनले आफ्नो उमेद्वारी दिने निर्णय गरेका हुन् । भलै उप्रेतीसंग अन्य उमेद्वारको जस्तो लामो कार्यगत क्षेत्र र संस्थागत अनुभवको लिस्ट नहोला तर उनले आफुले पाएका जिम्मेबारीप्रति निर्वाह गरेको भूमिका नै उनका लागि पर्याप्त रहेको उनि निकट टेक्सासबासी नेपाली बताउँछन् । पदिय मोह भन्दा यहाँ रहेका नेपाली समुदायले पाउनु पर्ने सेवाप्रति सचेत देखिदै आएका उप्रेतीको हार जित उनले प्राप्त गर्ने मतले निर्धारण गर्ने कुरा हो । तर उप्रेती एनआरएनए अभियानमा नेतृत्व स्थानका लागि आवश्यक मान्छे भएको तर्क पनि धेरैका छन् ।
सार्वजनिक तालिका अनुसार अनलाईन भोटिगं मतदाताले मत प्रदान गर्ने व्यवस्था रहेको निर्वाचनको मतगणना पछि भोलीपल्टै अर्थात मे ३१ तारिकमा उमेद्वारका नजिता सार्वजनिक गरिने छ र निर्वाचित कार्यमितीको सपथ तथा पदभार ग्रहण जुलाई ३ का दिन हुने उल्लेख छ ।