गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा एनसीसी अध्यक्ष पदका ४ उमेद्वार एउटै बहसमा देखिने भएका छन् । नेपाल अमेरिका पत्रकार संघ नेजाले टेक्सासमा एक कार्यक्रमको आयोजना गरी एनसीसी नेतृत्व पदका उमेद्वार कृष्ण लामिछाने, तिलक केसी, डा. अर्जुन बन्जाडे र बुद्धी सागर सुवेदीलाई प्रत्यक्ष सहभागी गराई एउटै बहसमा उतार्ने भएको हो ।
मे २३ आईतबारका दिन टेक्सासको डालस स्थित अर्भिगंमा आयोजना हुन लागेको यो बहस कार्यक्रम साँझ ५ बजे सुरु हुनेछ । साडे २ घण्टा अर्थात साँझ ७:३० बजे सम्म चल्ने बहस कार्यक्रममा स्थानिय नेपाली संचारमाध्यमका प्रतिनिधीहरुको पनि उल्लेखनिय सहभागिता रहने बताईएको छ । अनुपस्थित तथा बिभिन्न राज्यमा रहेका मतदाताका लागि कार्यक्रमको प्रत्यक्ष प्रसारण टेक्सासबाट संचालिन नेपाली मिडियाहरुबाट हुनेछ ।
यस अघिका बर्षहरुमा पनि निर्वाचनको संघारमा सोही प्रकारको बहस संचालन गर्दै आएको नेजाले यस पटक पनि एनसीसी अध्यक्ष पदका उमेद्वारलाई एउटै कार्यक्रममा ल्याएर चुनाव केन्द्रित बहस संचालन गर्ने भएको हो । जसमा नेजाले उमेद्वारका उदेश्य, प्रतिवद्धता र योजनामाथी मतदाता र अमेरिकाबासी नेपालीका तर्फवाट प्रतिनिधी प्रश्नहरु राख्ने गर्दछ । तसर्थ यो कार्यक्रमलाई मतदाता र नेतृत्व पदका उमेद्वारलाई जोड्ने सेतुको रुपमा पनि हेरिदैं आएको छ ।