चर्चित गायिका नलिना चित्रकार र गायक बेदराजको ‘असन बजार’शनिवार टेक्सासबाट सार्वजनिक हुँदै

NRNA NEWS
2021 Sep 20

चर्चित गायिका नलिना चित्रकार र गायक बेदराजको बस्नेतको आवाजमा नयाँ गीत शनिवार अमेरिकाबाट सार्वजनिक हुने भएको छ । डिपी खनालको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको ‘असन बजारमा’ बोलको गीत शनिवार टेक्सासको अर्भिंगमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिने भएको हो ।

सेप्टेम्बर २५ शनिवार साँझ ७ बजेबाट सुरु हुने गीतको अडियो-भिडियो सार्वजनिक कार्यक्रममा उपस्थित हुनेहरुका लागि टेवल बुकिगंका लागि सम्पर्क नं पनि सार्वजनिक गरिएको छ ।

अशिष्मा नकर्मी, नारायण प्रधान, उषा उप्रेती र कमल साउद केन्द्रिय भूमिकामा रहेर अभिनय गरेको असन बजारको भिडियोलाई संचारकर्मी तथा निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

अमेरिका र नेपाल दुवै देशमा छायांकन गरिएको गीतको भिडियोको छायांकन अमेरिकामा रामेश्वर कार्की र नेपालमा उत्सव दाहालले खिचेका हुन् भने कोरियोग्राफी अमेरिकाका लागि आयिशा ओझा र नेपालका लागि प्रमोद भण्डारीले गरेका हुन् ।

यस गीतकी गायिका नलिना चित्रकार नेपाली सांगीतिक क्षेत्रमा एक समय सर्वत्र राज गर्न सफल गायिका हुन् जसले नेपाली पप गायिकाका रुपमा पनि ख्याती कमाएकी छन् भने गायक बेदराज बस्नेत लामो समय देखी अमेरिकाको टेक्सासमा रहेर सामाजिक अभियनमा सक्रिय अभियन्ता हुन् ।

error: Content is protected !!