सुसम न्यौपाने, ब्रिसबेन अस्ट्रेलिया,
गायिका सुजाता पाण्डेको नयाँ गीत चर्चित गायक समिर आचार्यसंगको सहकार्यमा सार्वजनिक हुँदैछ । गायक समिर कै शब्द, संगीत र एरेन्जमा रहेको ‘जाउँ हिँड जाउँ माया पोखरा ‘ बोलको गीत गायिका सुजाताको आवाजमा भिडियो सहित सार्वजनिक हुने भएको हो ।
नेपाल आईडलको पहिलो संस्करणका लागि टप ५ मा पुग्ने एकमात्र महिला प्रतिनिधी उनि सो समय अत्याधिक चर्चामा रहेकी प्रतिस्पर्धी हुन् । नेपाल आईडलबाट बाहिरिएपछि उनले दर्जनौं गीतहरुमा आवाज भरेकी छन् । बुटवलमा जन्मिएकी सुजाता छोटो समयमा नै आफुलाई स्रोतामाझ स्थापित गर्न सफल गायिका हुन् । उनका यस अघि कोहि भन्छन्, सुस्तरी, बाँचे पनि, तिमी भएर, हाम्रो नेपाल लगायतका गीतहरुमा आवाज भरेकी छन् ।
यस अघि पनि नयाँ गायिकालाई आफ्ना गीतहरुमा लिंदै आएका गायक समिरले सुजाताको गायन कुशलताका कारण आफ्नो नयाँ प्रोजेक्टमा सहकार्य गरेको बताएका छन् भने गायिका सुजाताले यस भन्दा अघि थुप्रै उत्कृष्ट र हिट गीत सांगीतिक बजारलाई दिएका गायक समिरसंग आफु अनुवन्धित हुनु अत्यन्त खुसीको कुरा रहेको प्रतिकृया दिएकी छन् ।
गायक समिरका यस अघि मेरो दुनियाँ बेग्लै छ, भुर भुर पुतली, घाममा सुकाईदेउ, तिमी हिड्ने पिच गदिन्र्छु रोड, हैन भन्देउन लगायतका गीतहरु अत्याधिक सफल छन् । पछिल्लो समय उनको झम्के मायाँ गीत टिकटक र युटुवमा बहु चर्चामा छ । झम्के माया गीत यतिबेला युटुवमा हजारौको संख्यामा सकारात्मक प्रतिकृया सहित डेड करोड भिवर्सले हेरिरहेका छन् ।