गैर आवासिय नेपाली संघ एनआरएनएको आशन्न निर्वाचन संघारमा छ यतिबेला अमेरिका । निर्वाचनका उमेद्वार र मतदातालाई जोड्ने उदेश्यले यूएस खबरले निरन्तर निर्वाचन लक्षित समाचार सामग्री तयार पार्दै आएको छ । बिगतको निर्वाचनमा जस्तै यस पटक पनि हामीले आफुले मत दिंदै गरेका उमेद्वारको ब्यक्तीगत र सामाजिक पृष्ठभूमि मतदाता सम्म पुर्याउने उदेश्यले संक्षिप्त बायोग्राफी तयार गरेका छौं । यसै शिलशिलामा आज हामीले यस पटकको नयाँ कार्यसमिती निर्वाचनमा अमेरिकाबाट आईसिसी सदस्य पदमा उमेद्वारी दिएका ओम भट्टराईको ब्यक्तीगत, सामाजिक र एनआरएन संवद्ध प्रोफाईललाई पाठक समक्ष पेस गर्दै छौं ।
अन्तराष्टिय समन्वय परिषद् आईसीसी सदस्य पदका लागि उमेद्वारी दर्ता गराएका ओम भट्टराई एनआरएनए अमेरिका र नेपाली समुदायका सक्रिय र बौद्धिक स्तरका उमेद्वार हुन् । बर्तमान एनसीसी अमेरिकाका प्रवक्ता भट्टराई झण्डै २ दशकदेखी अमेरिकामा रहेर क्रियाशिल सामाजिक छवि निर्माण गरेका अभियन्ता हुन् । आशन्न निर्वाचन (२०२१-०२३) का लागि अमेरिकाबाट प्रतिनिधि उमेद्वारका रुपमा आईसीसी सदस्यको दावेदारी यात्रामा रहेका ओम भट्टराईसंगको कुराकानीका आधारमा यूएस खबरकर्मी सुष्मा देवकोटाले तयार पारेको सामग्री
भोजपूर जिल्लाको झुम्केमा बुवा हर्क राज भट्टराई र आमा स्व. भद्र कुमारी बिष्टको सन्तानका रुपमा जन्मिएका ओम भट्टराईको परिवार पछि सुनसरीको बराहाक्षेत्रमा बसोबास गर्न थालेपछि उनको स्कुले जीवन र किशोरावस्था बराहक्षेत्रकै सेरोफेरोमा बित्यो ।
नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक भट्टराईले नेपाल रहँदा अधिवक्ताका रुपमा सर्वोच्च अदालतमा काम गरेका थिए । त्रिचन्द क्याम्पसबाट समाज शास्त्रमा समेत स्नातकोत्तर भट्टराई बिद्यार्थी जीवनबाट नै सामाजिक र राजनितिक क्षेत्रसंग प्रत्यक्ष अप्रत्यक्ष जोडिदैं आएका ब्यक्ती हुन् । कानुन र समाजशास्त्रका बिद्यार्थी उनको अध्ययन र पेसा देश र समाजसंग जोडिएकाले पनि यि दुवै क्षेत्रसंग उनको निकटता स्वभाविक पनि हो त्यसैले सायद उनि भन्छन् राजनिती मेरो रुचि हो पेसा होईन पेसा त मेरो मजदुरी नै हो ।
देशमा चलिरहेको तत्कालिन जनयुद्धले धेरै युवालाई बिदेशिन वाध्य गरायो, । यहि वाध्यताले ओम भट्टराईलाई पनि सन् २००३ मा अमेरिका धकेल्यो ।सबैको सपनाको देश अमेरिका आएको १८ बर्ष भयो उनि । अमेरिका आएका सुरुवाती दिनलाई सम्झँदा उनि भन्छन् ‘त्यो समय ब्याबसायिक नेपाली कम थिए, भाषा र अन्य कारण काम पाउन मुस्किल थियो । हामी नेपाली मानिसहरु भारतीय तथा पाकिस्तानी साना व्यावसायिक व्यक्तिहरुमा निर्भर थियौं, कम्पनिमा काम गर्ने कम चलन वा कम पहुच थियो । म पनि अरु नेपाली सरह त्यसै गर्थे। बिस्तारै कम्पनि तिर पनि सानो तिनो काम गर्दै , देशीहरुकोमा मजदुरी गर्दै अघि बढेको मेरो संघर्ष यात्रा यतिबेला केही साथीहरुसंगको सहकार्यमा आफ्नै व्यवासाय सम्म पुगेको छ । तर हुँ त म आजपनि एक मजदुर जो मजदुरी नै गरि रहेको छ ।’
एनसीसी र आईसीसी बिचको दुरी मेट्ने सपना सहित आईसीसी सदस्यमा उमेद्वारी दिएका भट्टराई यहाँको नेपाली समुदायका समस्या र आवश्यकता बुझेका अनुभवी उमेद्वार हुन् जसले अमेरिका आए पछि टेक्सासको पुरानो सस्था नेपाली समाज टेक्सास (NST)को कार्यसमिति सदस्यमा निर्वाचित सदस्य भएर २ बर्ष काम गरे र आजपनि उनि NST का सदस्य हुन् । उनि टेक्सासको डालसमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले बनाई रहेको पशुपतीनाथ तथा बौद्ध गुम्बा सहितको नेपाली कम्यूनिटी हलका समेत संस्थापक सदस्य र नेपाल अमेरिका च्यांबरको पनि सदस्य हुन् ।
नेपालमा लोकतान्त्रिक आन्दोलनलाइ सहयोग पुर्याउने उदेश्यले खोलिएको सस्था Nepalese Democratic Forum (NDF ) को सदस्य हुदै सचिव सम्म भएर काम गरेका थिए उनले, भलै लोकतन्त्र स्थापना पछि त्यो सस्था यतिबेला क्रियासिल छैन तर कार्यगत अनुभव सो संस्थाले पनि दिएको थियो उनलाई । राजनिती उनको रुचिको बिषय भएकाले पनि भट्टराई नेपाली कांग्रेसको भात्रीसस्था, नेपाली जनसम्पर्क समिति अमेरिकाको सस्थापक सदस्य हुदै, सन् २००७ मा टेक्सास सचिव भए । २००९ साल देखि २०१४ सम्म टेक्सास अध्यक्ष भएर काम गरेका उनि २०१४ सालमा केन्द्रिय सदस्यमा निर्वाचित भए । हाल नेपाल तरुणदल अमेरिकाको अध्यक्ष समेत रहेका भट्टराईएनआरएनए अमेरिका बर्तमान प्रवक्ताको जिम्मेबारीमा रहेर काम गरिरहेका छन् ।
ओम भट्टराई ति ब्यक्ती हुन् जसले अमेरिकाबाट संचालित संचारमाध्यमको महत्वबारे पनि पटक पटक आवाज उठाउँदै आएको पाईन्छ । फुर्सदको समयमा लेख्न मन पराउने उनि भन्छन् ‘ म पत्रकार हून नसके पनि पत्रकारिता मेरो मन पर्ने बिषय हो ।’
पत्रकार र पत्रकारिता संग अत्यन्त निकट रहेका उनले पत्रकार साथीहरुसंग मिलेर अमेरिकामा अनलाईन तथा छापा पत्रिकामा पनि काम समेत गरेका छन् भने बर्तमान कार्यसमिती निर्वाचन लगत्तै उनले एनआरएनए अमेरिकाका समाचार प्रवास र नेपाल सम्म पनि संप्रेषण हुनुपर्छ भन्ने उदेश्यले त्रैमासिक न्युज बुलेटिनको कन्सेप्टलाई अघि बढाएका थिए । उनकै संयोजकत्वमा गठित एनआरएनए अमेरिका मिडिया एण्ड पब्लिकेशन टिमले सो समय सम्पूर्ण अमेरिकाको एनआरएनए गतिबिधीलाई पत्रिकाको रुपमा तयार पारेको थियो पछि उनको यो पहल सोचे अनुरुप अघि बढ्न सकेन तर उनले पत्रकारिताको क्षेत्रमा चालेको यो कदम महत्वपूर्ण पहल थियो ।
सन् २०१० देखि नै एनआरएन अमेरिकामा आवद्ध उनि शिब कुमार राई अध्यक्ष हुँदा सदस्यता लिएका पुराना अभियन्ता हुन् जसले सन् २०१७ देखि एनआरएन अमेरिकाको आजीवन सदस्यता लिए र आजको कार्यसमितीमा प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन् । यहि दौरानमा भट्टराईले २ पटक अधिवेसन प्रतिनिधि समेत हुने मौका पाए ।
एनआरएन मार्फत नेपाल र नेपालीको लागि केहि सकारात्मक कार्य गर्न सकिन्छ कि भनेर सो समय देखी सक्रिय सदस्यका रुपमा आबद्ध उनि निस्वार्थ सेवा भावनाले काम गर्ने हो भने प्रवासी नेपालीको हितमा उल्लेखनिय काम गर्न सकिने विश्वास सहित यस पटक आईसीसी सदस्यका लागि चुनावी मैदानमा उत्रदैं छन् ।
के हो आईसीसी सदस्य पद र निर्वाचित सदस्यको जिम्मेवारी के कति रहन्छ भन्ने प्रश्नमा भट्टराई भन्छन् ‘ ICC -International Coordination Committee भनेको एनआरएनको अर्थात म काठमाडौँमा अवस्थित ICC केन्द्रिय कार्यसमितिको कार्यसमिति सदस्य हो । यी सदस्यहरु बिभिन्न देश बाट सदस्य संख्याको अनुपातमा निर्वाचित भएर आउछन । यस पदको पदिय जिम्मेबारी भित्र एनआरएनएको नियमित काम कारवाहीमा सहयोग गर्ने , अर्थात पोलिसीलेवलमा काम गर्नु पर्ने हुन्छ । ICC सदस्यले केन्द्रिय क्ष्ऋऋ र विभिन्न देसका राष्ट्रिय समन्वय समिति एनसीसीबीच एक पुलको काम गरि जोड्नु पर्ने , राष्ट्रिय समितिका समस्याहरु समाधान गराउन पहल गर्नु पर्ने लगायतका जिम्मेबारी आईसीसी सदस्यले निर्वाह गर्नु पर्ने हुन्छ ।’
उनका अनुसार माथिका सबै जिम्मेबारी र कार्य आजसम्म प्रभावकारी ढंगल समन्वय भैरहेको छैन । समस्या एकातिर र काम अर्कोतिर भै रहेको अवस्थामा प्रमुख समस्या नागरिकताको निरन्तरता हो , त्यो भैरहेको छैन , दोहोरो ट्याक्सको मारमा अमेरिकाका रहेका नेपालीहरु पर्दै आएका छन् ।
यस समाधान तर्फ नेपाल सरकार मौन छ रहेको बताउँदै उमेद्वार भट्टराईले लगानी भित्र्याउन लगानीको ग्यारेन्टी नभएको यथार्थलाई प्रष्ट पार्दै आफु निर्वाचित भएको खण्डमा यी यावत बिषयमा एनआरएन भित्र बहस चलाई नेपाल सरकारसंग कुरा राख्न आफु ईच्छुक रहेको बताएका छन् ।
मातृभूमि नेपालप्रति पनि ठुलो कतब्र्य रहेको सम्झने भट्टराई मर्दा पर्दा र दुख सुखमा नेपाल र नेपाली संग जोडिन चाहने सामाजिक बिचारधारका ब्यक्ती हुन् । नेपालका हरेक विपतप्रति सचेत र गम्भिर उनि चाहे बिनासकारी भुकम्पको बेला होस् वा कोरोना कहरको संन्त्रास उनको सिद्धान्तमा रहेका उनि जस्तै साथीहरुको सहकार्यमा निरन्तर आर्थिक भौतिक सहयोग प्रदान गर्दै आएका सकरात्मक छविका सामाजिक अभियन्ता हुन् ।
अमेरिकामा जन्मिएका र हुर्कदैं गरेका नयाँ सन्ततीलाई हामि नेपाली हौ भनेर भावनात्मक रुपमा जोड्न चाहेका भट्टराई भन्छन् ‘हामीलाई कुनै राजनीति गर्नु या नेता मंत्री हुनु छैन , राजनीति बाहेकको अरु सबै अधिकार भएको हाम्रो नागरिकताको अधिकार देउ ।’
आफु यस निर्वाचनमा ICC सदस्य मा निर्वाचित भएमा ICC र NCC बीच देखिएको अन्तर्द्वन्द मेटाउने प्रयास गर्नुका साथै NCC लाई स्वायत्त र स्वतन्त्र बनाउन सहयोग गर्दै आईसीसीको Affiliation संबन्धन बलियो बनाउने प्रयास गर्ने बलियो प्रतिवद्धता सहित देखिएका ओम भट्टराई आफुलाई मात्र होईन सक्षक सबै उमेद्वारलाई सहयोग गरेर पदिय जिम्मेबारीसम्म पुर्याउन नेपाली समुदायलाई अनुरोध गर्दै आएका संभावित जित नजिकका उमेद्वार हुन् ।