गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आशन्न निर्वाचनका नेतृत्व पद प्रत्यासी बुद्धी सागर सुवेदीको चुनावी अभियान अन्तगतको अन्तरक्रिया तथा भेटघाट केन्टकीमा पनि उत्साहजनक रुपमा सम्पन्न भएको छ । अप्रिल १८ आईतबारका दिनकेन्टकी राज्यको लेक्सिङटन शहर स्थित ताजा ईन्डियन रेस्टुरेष्टमा आयोजित कार्यक्रम केन्टकीबासी नेपाली समुदाय र संघ संस्थाका प्रतिनिधी, एनआरएनए आवद्ध तथा नयाँ कार्यसमितीका उमेद्वार तथा नेपाली संचारकर्मीमाझ सफलता पूर्वक सम्पन्न भएको हो ।
४ घण्टा लामो यस अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा एनसीसी अध्यक्ष प्रत्यासी बुद्दि सागर सुबेदीले आफ्नो उमेद्वारी किन र कुन उदेश्य र एजेन्डाका लागि भन्ने बारेमा प्रष्ट पारेका थिए भने एनआरएनएमा आवद्ध रहेर संस्था र नेपाली समुदायलाई बुझेका बिभिन्न पद, नयाँ उमेद्वार, एनआरएन अभियानसंग जोडिएका अभियन्ताहरु बि आर लामा,सुमन थापा,थलराज पन्त, दिलु राम पराजुली, सुरेन्द्र मल्ल,क्रान्ति अर्याल भण्डारी, अनुप थापा, तारा मरहठ्ठा, राजिब श्रेष्ठ, बिशाल राना, प्रदिप पौडेल, खेमराज खतिवडा, थिर लाल आचार्य, पोष राज भुजेल, अनुप थापा लगायतका बक्ताहरूले एनआरएनएको आवस्यकता, बर्तमान अबस्था र भावी कार्य योजनाका बिषयमा अन्तरक्रिया गर्नु का साथै सरोज सिग्देलद्वारा आर्थिक रूपमा अमेरिकाबासीलाई कसरी सबल र सक्षम वनाउन सकीन्छ भन्ने बिषयमा छलफल भएको थियो ।
न्यूयोर्कबाट आफ्नो चुनावी अभियान सुरु गरेका सुवेदीले मिसीगन, लस भेगस, कोलोराडो लगायतका क्षेत्रमा भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेपछि नयाँ मतदाता भेट्न केन्टकी गएका थिए । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि उनले केन्टकीबासी नेपालीप्रति कृतज्ञाता ब्यक्त गरेका छन् । उनले केन्टकीबासी नेपाली,विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार सबै प्रति आभार ब्यक्त गर्दै भनेका छन् ‘न्यानो माया ,आथित्यता ,सुझाब तथा अमूल्य समयको लागि हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’
आफुलाई दिएका शुभकामना, सुझाब र सल्लाह आफ्नो लागि उर्जा भएको बताउँदै सुवेदीले यि सबै साथ, सहयोग र सद्भावको म सधै आफुले उच्च मुल्याकन र स्थानमा राख्ने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् ।
करिव २ दशक अघि अमेरिका आएका सुवेदी सफल ब्यवसायि र सामाजिक क्रियाशिलता र बौद्धिक छविका कारण नेपाली समुदायबिच राम्रो परिचय स्थापित गरेका ब्यक्ती हुन् । आमा मनमाया सुवेदी र पिता होमनाथ सुवेदी स्यांजामा जन्मिएर चितवन माडीमा हुर्किएका हुन् रमाईलो डाँडाबाट प्राथमिक शिक्षा सुरु गरेका सुवेदीले माडी मावीबाट एसएलसी गरेका हुन् भने आईएसी फरेस्टीबाट गरेका हुन् । पिपल्स क्याक्पसबाट बि कम गरेका सुवेदीले , एमविए र एमएड त्रिभुवन विश्व बिद्यालय कृतिपुरबाट गरेका हुन् भने एलएलवि अध्ययन गर्दै गर्दा सन् २००३ मा उनि अमेरिका आए । स्कुले जिवनदेखी नै राजनितीक यात्रा सुरु गरेका सुवेदी २०५४ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेजको तर्फबाट माडीमा अध्यक्षको उमेद्वारी र निर्वाचित भएपछि उनको राजनितीक र सामाजिक छवि अझ धेरै फराकिलो भएको थियो । जितपुर क्याक्पस, मिनभवन क्याम्पस देखी कालिकोटमा रहेको स्कुलमा समेत अध्यापन गराएका अनुभव संगालेका सुवेदी अमेरिकामा रहेका नेपाली नयाँ पुस्ताको क्षमता अभिबृद्धीका लागि संधै क्रियाशिल ब्यक्तीमा रुपमा चिनिन्छन् ।