कृष्ण लामिछाने प्यानललाई आइसीसी सल्लाहाकार भण्डारीको खरो समर्थन ‘तपाईंहरुलाई हार्ने छुट छैन’

NRNA NEWS
2021 May 25

गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)सल्लाहकार हरीबोल भण्डारीले कृष्ण लामिछाने प्यानलाई खुलेरै समर्थन गरेका छन् । आईतबार टेक्सासको डालसस्थित नेपाली मन्दिरमा आयोजित लामिछाने प्यानलको चुनावी अन्तक्रिया तथा भेटघाट कार्यक्रममा बोल्दै सल्लाहकार भण्डारीले लामिछाने प्यानललाई सहयोग र साथको प्रतिवद्धता सहित खरो रुपमा समर्थन जनाएका हुन् ।

भण्डारीले लामिछाने प्यानल हार्नु भनेको नेपाली जोडिएको सिंगो अमेरिकी डायस्पोराले हार्नु हो भन्दै सार्वजनिक रुपमा भने ‘तपाँईहरुलाई हार्ने छुट छैन । ‘

भण्डारीका अनुसार लामिछाने प्यानल अमेरिकामा एक मात्र त्यस्तो टिम हो जस स्वत स्फुर्त निर्माण भएको हो । अमेरिकाका बिभिन्न राज्यका उमेद्वारलाई समेट्न सफल भएको टिम लामिछाने प्यानल भएको बताउँदै टिम भनेको चिन्ने मान्छे मात्रको समुह नभई नचिन्नेहरुलाई समेत सहभागी गराउनु भएको तर्क पेस गरेका छन् ।

आफ्नो पूर्ण साथ र समर्थन लामिछाने टिमलाई रहेको बताउँदै उनले सबै उमेद्वारलाई बिजयी यात्राको शुभकामना पनि दिएका छन् ।

error: Content is protected !!