टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ओहायो च्याप्टरमा निविरोध पूरै टिमले आसन्न अमेरिकाका अध्यक्षका उम्मेदवार कृष्ण लामिछाने टिमलाई समर्थन गरेको छ । पहिलो पटक गठन गरिएको ओहायो च्याप्टरले लामिछाने टिमलाई एक कार्यक्रमको आयोजना गर्दै समर्थन जनाएको हो ।
ओहायो च्याप्टरले आयोजना गरेको कार्यक्रमको अवसर पारेर लामिछाने टिमलाई विभिन्न ब्यक्तीत्वहरु तथा समाजसेवीहरु गोविन्द्र पौडेल, डा लिला दाहाल, डा राम देव पाण्डे र देवती कँडेलले पनि समर्थन गर्नुभएको थियो ।
लामिछाने टिमका अधिकांश उम्मेदवारहरु सहभागी कार्यक्रममा स्थानीयहरुले अध्यक्षका उम्मेदवार प्रत्यासी कृष्ण प्रसाद लामिछानेलगायत उहाँको टिमका कुरा सुन्ने मौका पाएकोमा खुसी ब्यक्त गर्दै एनआरएन प्रतिका धारणा र योजनाहरू सुन्दा एनआरएनलाई चाहिने मान्छे हो भन्ने आफूहरुको ठम्याई रहेको भन्दै पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा एनआरएनए आइसिसी सदस्य पूरुषोत्तम बोहरा हुनुहुन्थ्यो । प्रमुख अतिथि बोहराले एनसिसी अमेरिकालाई सही दिशा दिन आवश्यक रहेको बताउँदै त्यसको लागि लामिछाने नेतृत्वको टिम सक्षम रहेको बताउनुभयो । संस्थालाई सही ट्यांकमा हिडाउन सही ब्यक्तीहरु नेतृत्व तहमा पुग्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेले अमेरिकामा रहेका नेपाली समुदायलाई एउटै मालामा गाँस्नको लागि आफूहरुको उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो । अमेरिकामा रहेको नेपाली समुदायलाई जोड्नका लागि आफूहरु लागिपरेकोे बताउँदै अमेरिकाको धेरै ठाउँमा रहेको नेपाली समदुायमा विभाजन आएको, फुटेको र मन फाटेको अवस्था रहेकाले ती सबै समुदायलाई जोड्न अभियान सञ्चालन भइरहेको बताउनुभयो ।
चुनावी अभियानको क्रममा २६ वटा कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै अध्यक्षका उम्मेदवार लामिछानेले आफूहरु झुट बोलेर भन्दा पनि सबैको मन जितेर चुनाव जित्न अग्रसर भएको बताउनुभयो ।
मत माग्दै जाने क्रममा कतीपयले पैसा नहुनेले कसरी दुई वर्ष नेतृत्व गर्छ जस्ता भनाइहरु सुन्नमा आएको पाइएको बताउँदै लामिछानेले एनआरएन धनीको मात्र नभई सबै गैर आवासीय नेपालीहरुको साझा संस्था भएको पुष्टि गर्न पनि आफूहरु लागिपरेको बताउनुभयो ।
अमेरिकाबासी नेपाली समुदायको मर्दा र पर्दाको साथी बन्न, सबैको साझा संस्था बनाउन र सबै नेपालीलाई एउटै मालामा उन्नको लागि उम्मेदवारी भएकाले सबैको साथ र सहयोग मिल्ने पनि विश्वास ब्यक्त गर्नुभयो । उहाँले एनआरएनएका हरेक च्याप्टरहरुले अन्य नेपाली समुदायसँग मिलेर राज्य सरकारसँग विभिन्न सेवा सुविधमा छुटलगायतका काममा लागिपर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीवी पन्थले संस्थालाई एक स्टेभ माथि उठाउन आफूहरु लागिरेहको बताउँदै संस्थामा आर्थिक पारदर्शीता, उत्तरदायीत्व र संस्थागत विकासको लागि आफूहरुको उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो ।
पन्थले आफूहरुले स्थानीय संघसंस्थादेखि सबैतीर इमान्दारीता कायम राखेको र इमानदारीतापूर्वक काम गरेकै कारण सबैको विश्वास जित्न सफल हुँदै आएको र आगामी दिनमा विश्वास जित्ने बताउनुभयो ।
आफूहरुले विभिन्न राज्यहरुमा गएर आफना एजेन्डा राखेको र सुझाव संकलन गर्ने कार्य गरिरहेको पनि उहाँले बताउनुभयो । उहाँले सुझाव संकलनको क्रममा स्थानीय संघ संस्थाहरुले एनआरएनए च्याप्टरलाई प्रतीस्पर्धाको रुपमा नभई सहयोगी रुपमा काम गर्दै सहकार्य गर्नुपर्ने सुझाव दिएको बताउनुभयो । ‘अधिकांश स्थानीय संघसंस्थाहरुले एनआरएनए च्याप्टरहरुलै प्रतिस्पर्धा भन्दा पनि सहकार्य गरिदिए हुन्थ्यो भन्ने चाहाना ब्यक्त गर्नुभयो’, उहाँले भन्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवारहरु चन्द्र लामा, आईसिसी सदस्य पदका उम्मेदवारहरु रविन ब्रजाचार्य, नेपाली जनसम्पर्क समिति ओहायोका सभापति यादव दुलाल, एनआरएनए केन्सस च्याप्टर सभपाति फिलीप केसी, सामाजिक अभियन्ता डा. कौशल दाहाल, शर्मिला लामिछाने लगायतले अमेरिकाबासी नेपाली समुदायलाई एक ढिक्का बनाउन र विकृति र विसंगति विरुद्धमा आवाज उठाउँदै सबै नेपालीहरुको साझा संस्था बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । ओहायो च्याप्टर सभापति मोहन न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव रिदमी खडकाले गर्नुभएको थियो ।
समाचार स्रोत