नेपालको पोखरा घर भई हाल अमेरिकामामा बसदै आउनुभएका अशोक केसीले नेपाली नेपाली बीचको एकता अनफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । एन आर एन अमेरिकाको बोर्ड अफ डाइरेक्टरको उम्मेदारी घोषणा गरेका केसीले हामी संग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अमेरिकी भूमिमा बसेर पनि हामी नेपालका पार्टी, गुट र समूहका कारण विभाजित रहेको बताए ।
त्यसैले हाम्रो आवाज अमेरिकामा दह्रो बन्न सकेको छैन । यो परिस्थितिमा नेपाली नेपालीबीच साझा विषयहरुमा एकताको आवश्यकता रहेको उनको भनाई छ । अमेरिकी भूमिमा बसेका हामीहरुका समस्या साझा छन् तर ती समस्या समाधानमा सबै नेपालीमूलका हामीहरुको एकमुष्ठ आवाज भने बन्न सकेको छैन उनले भने, ‘जवसम्म सबैको एउटै आवाज बन्दैन तबसम्म हाम्रो कुरा कसैले पनि सुन्दैन । अमेरिकामा लाखौंको संख्यामा भएर पनि हाम्रा आवाज दविएका छन् र यसको कारण हामी नै हौं । त्यसैले हाम्रा आवाजलाई एकत्रित पार्ने मेरो प्रयास हुनेछ ।’
मेरो अर्को प्राथमिकता अमेरिकामा बसेका नेपाली युवापुस्ता र दोस्रो जेनेरेशनलाई एनआरएनएको प्लेटफर्ममा आकर्षित गर्ने र हाम्रो जन्मभूमि तथा कर्मभूमिमा साझा सामाजिक संस्थामार्फत सामाजिक काममा एकताबद्ध बनाउने प्रयाससंग केन्द्रीत रहनेछ । अहिले नेपालबाट राजनीति गरेर आएका वा पार्टीका मान्छेको मात्र धेरै चासो यो एनआरएनए अभियानमा देखिएको छ । तर, वास्तविकता यस्तो हुनुहुन्न । यो हाम्रो पहिचानसंग जोडिएको संस्था हो र हाम्रा युवाहरुले यसमा गर्व गर्दै जोडिएर सामाजिक काममा लाग्ने वातावरण बनाउनु जरुरी छ । मेरो प्रयास यसमा केन्द्रीत हुने छ ।
यसैगरी अमेरिकाको एनआरएनएका कामहरु पारदर्शी हुन सकेको छैन । यही अपारदर्शी गतिविधिले गर्दा हामी विभाजित बनेका छौं, एकआपसमा विश्वासको संकट पनि अपारदर्शिताकै कारण उब्जेको हो । त्यसैले एनआरएनएका गतिविधिहरुलाई खुल्ला कितावका रुपमा सबैले देख्न, सुन्न र महसुस गर्न सक्ने गरी पारदर्शी बनाउनु जरुरी छ ।
मेरो विजयपछि यो विषयलाई प्राथमिकतामा राखेर पारदर्शिताका लागि दवाव सिर्जना गर्नेछु । र कम्तिमा मेरा कामहरु यहांहरुसमक्ष पारदर्शीरुपमा राखेर पारदर्शिताको उदाहरण प्रस्तुत गर्ने छु । समाजिक संस्थामा आर्थिक पक्ष पारदर्शी हुनु जरुरी छ त्यो भएन भने आपसी शंका उत्पन्न हुन्छ जुन अहिले भइरहेको छ । त्यसैले आर्थिक पारदर्शिता कायम गर्ने गराउने कुरामा मेरो जोड रहने उनले बताए ।
समाचार श्रोत: Kachaharee